English

मिथिला शर्माको नजरमा पढ्नैपर्ने तीन पुस्तक



शनिवारको दिन धेरैको प्रायजसो फुर्सदिलो नै हुन्छ । फुर्सदको समयमा यो दिनलाई प्रभावकारी बनाउन थुप्रै रचनात्मक कार्य गर्न सकिन्छ, जसमध्ये पुस्तक पढ्नु पनि एक हो । नायिका मिथिला शर्माको सिफारिशमा पढ्नैपर्ने तीन पुस्तक यस्ता छन् ।

योगमाया

मैले हालसालै पढेका केही पुस्तकहरूको नाम लिनु पर्दा एक नम्बरमा नीलम कार्की निहारिकाको योगमाया उपन्यासको नाम लिन्छु । नारीहरूले विभिन्न सुविधा पाई सशक्त भएर पनि योगमाया युग अर्थात् उनको तहमा पुग्न सकिरहेका छैनन् । यो पुस्तकमा यौद्धा योगमायाले कुनै पनि सुविधा विना नै समाजसँग लडेको चित्रण गरिएको छ । उनको कथा नारी मात्रै होइन, पुरुष पाठकले पनि पढ्नैपर्छ ।

हिल्डः हाउ क्यान्सर गेभ मि अ सेकेन्ड लाइफ

मनीषा कोइरालाको यो पुस्तकबाट आत्मशक्ति र पारिवारिक समर्थनको बारेमा राम्रो ज्ञान हासिल गर्न सकिन्छ । यो पुस्तकले खास गरी महिलाहरूलाई कुनै पनि रोगबाट बाहिर निकाल्न आवश्यक पर्ने भित्री शक्ति अर्थात् हाम्रो आत्मा र मन्त्रमा रहेको शक्ति र पारिवारिक सहयोगको महत्वको बारेमा बुझाएको छ ।

नयाँ छोरी

दुर्गा मैनालीको नयाँ छोरी पुस्तक पनि छुटाउनै नहुने पुस्तक हो । किनभने सन्तान जन्माएर हुर्काउनु र बढाउनु सबै अभिभावकको दायित्वका पाटा हुन् । तर, एउटा अनाथ बालबालिकाको मुहारमा मुस्कान दिएर उनीहरूको भविष्य खोजीदिने माध्यम बन्न सक्नु भनेको दायित्व पुरा गर्नुभन्दा पनि महान कार्य रहेको यस पुस्तकले चित्रण गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested