English

‘रानीमहलमा’ मा धिरेन र मञ्जुको अभिनय

आनन्द कार्की र साधना सरगमको गीतमा नायक धिरेन शाक्य र गायिका मञ्जु थापाको अभिनय


मायाको त्यो चिनोले जग हालेको पनि १२९ बर्ष बितिसकेको छ । प्रणय जोडीका लागि उत्प्रेरक गराइरहने त्यो चिनोलाई धेरैले नेपालको ताजमहल पनि भन्छन । हजुर,हामी कुरा गर्दै छौं, पाल्पाको गौरव,प्रेमिल जोडीको आस्थाको थलो ‘रानीमहल’ को । तपाई यसलाई प्रेमपूर्वक ‘रानीमहल एक प्रेमको प्रतिक’ पनि भन्न सक्नुहुन्छ ।

खै किन ! मञ्जु थापाको दिल पनि रानीमहलमै बसेजस्तो छ । हाल हङकङमा बसोबास गर्दै आएकी पाल्पा, तेल्घाकी चेली मञ्जुलाई दुईवटा कुरामा विशेष रुची छ । पहिलो हो, संगीत अनि दोस्रो मोडलिङ ।

यसअघि गायन,अभिनय तथा मोडलिङमार्फत आफ्नो प्रतिभा देखाइसकेकी मञ्जुलाई संगीतको चस्का अनि आफ्नो जन्मथलोप्रतिको असिम प्रेम छदैँछ । यसको सबुत प्रमाण हो, ‘माया लाउँदै जाउ ।’

गायक आनन्द कार्की र भारतीय गायिका साधना सरगमको स्वरमा रहेको ‘माया लाउँदै जाउ’ गीतको भिडियोकी सर्जक हुन् मञ्जु । प्रणय प्रसङ्गमा केन्द्रित यो गीतमा मञ्जुले सदाबहार नायक धीरेन शाक्यसंग रोमान्स गरेकी छिन् । यो जोडिको रोमान्टिक अभिनय म्युजिक भिडियोमा देख्न सकिन्छ ।

पहाडकी रानी ऐतिहासिक नगरी पाल्पाको रानीमहल लगायतको मनमोहक स्थानहरु समेटिएको यस भिडियोको निर्माण मञ्जुले गरेकी हुन् ।

किन ?

हङकङमा रहेकी मञ्जुसंग मेरोलाइफस्टाइलको प्रश्न थियो । जवाफमा उनी अलिक भावुक सुनिइन् । उनले सुनाइन, ‘म विदेशमा भए पनि मेरो मन आफ्नै जन्मथलोतिर हुन्थ्यो,आफ्नो थलोलाई विश्वभरी चिनाउनका लागि यो म्युजिक भिडियो निर्माण गरेको हो ।’

सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, राजेश महर्जनको निर्माण व्यवस्थापन, सुरज बास्तोलाको ध्वनि नियन्त्रण र आर्या गुरुङको श्रृंङारले सजिएको यो म्युजिक भिडियो अहिले निकै रुचाइएको छ ।

यस म्युजिक भिडियोकी निर्मार्ती मन्जुले दर्शक/स्रोताबाट पाएको प्रतिक्रिया ‘राम्रो’ सुनिएको बताउँछिन् । भन्छिन, ‘गीत,संगीत र भिडियो नै मन पराएको प्रतिक्रिया सुन्दा हौसला मिलेको छ ।’

गीतलेमात्र होइन यो भिडियो मार्फत आफ्नो गाउँठाउँ चिनाउन पाएकोमा पनि उनी फुरुङ्ग छिन् । यो गीत असारको तेस्रो साता सुटिङ गरिएको थियो ।

गीतमा गायक कार्कीले आफ्नो सुरको जादु चलाएका छन् । कार्कीले गाएका गीत नसुन्ने र नगुन्गुनाउने बिरलै होलान् । ‘लाग्छ मन हेरी रहूँ’ देखि ‘जनम जनम जिउँला सँगै’ सम्मको गायनयात्राबाट स्रोताको मन जितेका कार्कीले यो गीत गायनमा साथ पाएका छन्,भारतीय गायिका साधना सरगमको ।

कुनै बेला हिन्दी चलचित्रको सबैभन्दा हिट गायिकाको सूचीमा पर्ने साधनाले नेपाली फिल्ममा धेरै आवाज दिएकी छिन् । नेपाल फिल्म ‘दक्षिणा’ का लागि उनले गाएको ‘सपना भई आँखामा आउने को होला ?’ गीत अझै पनि नेपाली स्रोताको मनमा बसेकै छ ।

‘नेपालको ताजमहल’ उपमा पाएको रानीमहलमा दुई प्रेमिल जोडिको दुई मन आफ्नै संसारमा रमाएर बाचौं भन्ने भावनाले गीतलाई विशेष अर्थ दिएको छ ।

गायिका मन्जुको सांगितिक यात्रा जारी छ । उनले कार्कीसंगै नयाँ गीत पनि रेकर्ड गरेकी छिन् ।

यस म्युजिक भिडियोमार्फत आफ्नो अभिनय कला पस्केकी मञ्जुले नयाँ गीत मार्फत आफ्नो गायनकला दर्शक/स्रोतामाझ अर्पण गर्दैछिन ।

मञ्जुको नव सिर्जनाको प्रतिक्षामा छौं हामी ।

यो पनि…
सुनिताको ‘यो रमाइलो तिजैमा’ करिश्मा र अञ्जलीको ठुम्का (भिडियो पनि)
नारी बह बुझाउने यो तीज गीतलाई अपार माया



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested