English

अब ढाकाको राजधानी पाल्पा



देश तथा विदेशमा प्रख्यात बनेको पाल्पाली ढाकाकै कारण परिचित पाल्पा अब ढाकाको राजधानी भएको छ । तानद्वारा उत्पादित ढाका कपडा ‘ब्रान्डिङ’ गरी बजार पठाउन थालिएसँगै पाल्पाली ढाकालाई अझ प्रख्यात बनाउन संघले ढाकाको राजधानीका रूपमा पाल्पालाई विकास गरेको छ ।

यही उद्देश्यका साथ आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरे ।

मन्त्री घर्तीले ढाका कपडाको राजधानीका रूपमा विकास गरिएपछि यसको कारोबार बढ्ने जनाउँदै महिलाको सीप विकास गरी उद्यमशीलता विकासमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिइन् । यस कार्यमा महिलाको संलग्नता बढ्दो रहेकाले परनिर्भरता हट्ने र धेरैलाई स्वरोजगार बनाउने उनको भनाइ छ ।

ग्राहकको आँखा छल्न बाहिर उत्पादन भएका ढाका कपडामा पाल्पाको ट्याग लगाएर बेच्ने कार्यले पाल्पाली ढाका कपडाको बदनाम गराउने कार्य भयो, अब ब्रान्डिङ बनाएर बजार पठाएपछि ढाकाबाट कोही ठगिने छैन ।

सहसचिव दुवाडीले ढाकाको राजधानी बनेको पाल्पा अब यहाँ अवसर र चुनौतीसमेत थपिएकाले उद्यमीको सीप विकास र उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

तानसेन नगरप्रमुख अशोककुमार शाहीले सीप र युकेएडसँगको सहकार्यमा नगरपालिकामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरी जिल्लालाई ढाकाको राजधानी घोषणा गर्न सफल भएको जानकारी दिए ।

पाल्पाली ढाकाको नाममा बाहिर उत्पादन भएका ढाकाको व्यापारले ग्राहक र व्यापारी समस्यामा परेपछि जिल्लाको छुट्टै पहिचान बनाउन ब्रान्डिङ बनाएर बजारमा पठाउन थालिएको सङ्घकी अध्यक्ष पूर्णमाया महर्जन बताउँछिन् ।

उनी भन्छिन्- ‘ग्राहकको आँखा छल्न बाहिर उत्पादन भएका ढाका कपडामा पाल्पाको ट्याग लगाएर बेच्ने कार्यले पाल्पाली ढाका कपडाको बदनाम गराउने कार्य भयो, अब ब्रान्डिङ बनाएर बजार पठाएपछि ढाकाबाट कोही ठगिने छैन’, उनले भनिन् ।

बाहिरबाट भित्रिएका ढाकाले उपभोक्ता मारमा परेपछि अब पाल्पाकै उत्पादन हो भनेर चिनाउन ब्राण्डसहितको ढाका बजारमा ल्याउँदा ग्राहक उत्साहित बनेका छन् ।

‘गुणस्तरीय र पाल्पाली ढाकाको पहिचान नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढेपछि पाल्पाली ढाका कपडालाई ब्रान्ड बनाएर बजारमा ल्याइएको जनाइएको छ । बाहिरबाट भित्रिएका ढाकाले उपभोक्ता मारमा परेपछि अब पाल्पाकै उत्पादन हो भनेर चिनाउन ब्राण्डसहितको ढाका बजारमा ल्याउँदा ग्राहक उत्साहित बनेका छन् ।’

तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको महर्जन बताउँछिन् । तर, ढाका कपडाको व्यापारमा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार छाउन थालेपछि उपभोक्ता र यहाँका ढाका व्यापारी मारमा परिरहेको यनको भनाइ छ ।

पाल्पाली ढाकाको विविधीकरण गरी धेरै किसिमका वस्तु निर्माण भएका छन् । सजावटका सामग्रीदेखि पाल्पाली ढाका अहिले पर्स, टाइ, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल तथा गिफ्ट सामग्रीसमेत निर्माण हुन थालेको छ । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रूपमा अन्यत्र लैजाने गर्छन् ।

युके एड (सीप), लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिको लागि साझेदारी’ परियोजनामार्फत ब्रान्डिङ गरेको ढाका बजारमा ल्याइएको हो ।

भारत, चीनबाट आएका ढाका कपडाले पाल्पाली ढाका कपडाको व्यापार धरासायी बन्ने अवस्थामा आएकाले यसबाट कुनै पनि ग्राहक ठगिन नपरोस् भनी ब्रान्डिङ नै गरेर प्रमाणित गरी शुद्ध पाल्पाली ढाका कपडा बजारमा ल्याइएको पाल्पाली ढाका सङ्घका व्यवस्थापक अनुशेष रायमाझीले बताए । उनका अनुसार ब्रान्ड बनेपछि कोही पनि ग्राहक अब ढाका कपडा खरिदमा नठगिने र पाल्पाको पहिचान बढ्नेछ ।

पूर्णमायाको परिवारबाट सुरू भएको त्यो ढाका व्यवसाय

स्व. गणेशमानले शुरु गरेको व्यवसाय अहिले पनि निरन्तर चलिरहेको छ । उनकी श्रीमती पूर्णमायाले हालसम्म सात हजार महिलालाई ढाका कपडाको तालिम दिइसकेको बताउँछन् । उनी उमेरले ८४ वर्ष पुगे पनि यस व्यवसायमा धेरै महिला उद्यमी उत्पादन गरेर रोजगारको ढोका खोलिदिएकी छन् ।

ढाका सङ्घका अध्यक्ष पूर्णमाया महर्जनका श्रीमान् स्व गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि विसं २०१५ मा पाल्पामा ढाका कपडाको व्यवसाय थालनी गरेका हुन् । अहिले यसले देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ । त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाहरूबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको थियो ।

स्व. गणेशमानले शुरु गरेको व्यवसाय अहिले पनि निरन्तर चलिरहेको छ । उनकी श्रीमती पूर्णमायाले हालसम्म सात हजार महिलालाई ढाका कपडाको तालिम दिइसकेको बताउँछन् । उनी उमेरले ८४ वर्ष पुगे पनि यस व्यवसायमा धेरै महिला उद्यमी उत्पादन गरेर रोजगारको ढोका खोलिदिएकी छन् ।

पूर्वबाट पश्चिमसम्मका तथा विभिन्न मुलुकबाट पनि सामान खरिद गर्न आउने गरेको उनको भनाइ छ । साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायतका गरी करिब ९० थरिका सामान उत्पादन गर्छिन् ।

शुरुमा परिवारले मात्रै धानेको व्यवसाय यसलाई बढाउँदै जादा विसं २०२० देखि कामदार राखेर अहिलेसम्म पनि निरन्तरता दिइरहेकीछन्।

बाहिरबाट भित्रिएका मेसिनबाट उत्पादित ढाका कपडाले गर्दा पाल्पाका केही उद्योग बन्द पनि नभएका होइनन् । अहिले ब्रान्डिङ लगिएपछि भने पुनः उद्योगीमा उत्साह थपिएको छ । उद्योग व्यापार फस्टाउने अवस्थामा छन् भने अहिले उद्योग थपिने क्रम जारी छ ।

पाल्पा जिल्लामा करिब तीन दर्जनको हाराहारीमा ढाका कपडा व्यापारी छन् । पाल्पाको सदरमुकाम तानसेनसँगै ग्रामीण भेग कसेनी, मदनपोखरा, कुुसुमखोला, चिर्तुङ्धारा, बन्दीपोखरा, अर्गलीमा ढाका कपडा बुनिँदै आएको छ । यसैबाट महिलाको दरिलो आयस्रोत बनेको छ ।

यो पनि
ब्रान्ड बन्दै पाल्पाली ढाका
चुम्बकीय शैलीमा पर्यटक तान्दै पाल्पा दरबार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,