English

आई लिग छनोट खेल्न दीपा न्यौपाने भारत प्रस्थान



नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दीपा न्यौपाने भारतीय आई लिग छनोट खेल्न त्यसतर्फ प्रस्थान गरेकी छन् ।

भारतीय आई लिग छनोटका लागि दिपा केरला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीमा अनुबन्धित भएकी थिइन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले बिदाइ गर्‍यो ।

सोही प्रतियोगिताका लागि शनिबार नै राष्ट्रिय महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी भारत पुगिसकेकी छिन् । उनले भारतको गोकुलम केरलाबाट खेल्नेछिन् । उक्त प्रतियोगितामा सावित्राको टिम गोकुलम, दिपाको टिम डनबोस्को केरला ब्लास्टर र केरला युनाइटेडले छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सावित्राले यसअघि सन् २०१९ मा सेथु र २०२१२२ मा गोकुलमबाट ‘इन्डियन वुमेन्स लिग’ खेलेर उपाधि जिताइसकेकी छन् । दीपाले पहिलोपटक अन्तर्राष्ट्रिय लिग खेल्न लागेकी हुन् । आजबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरला र केरला युनाइटेड तथा बिहीबार डन बोस्कोले लड्स पीआरविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।

यो पनि…
गर्ला त एन्फाले अब्दुल्लाहको बर्खास्ती ?
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested