English

छात्रबृत्ति घोषणा तथा संरक्षण अभियन्ता अभिनन्दन



लुम्बिनी विश्व शान्ति मञ्चले शनिवार भैरहवामा नमुना उच्च माध्यमिक विद्यालयका दुईजना छात्र तथा छात्रालाई एक लाख दश हजार रुपैयाँको छात्रबृत्ति प्रदान गरेको छ ।

उक्त छात्रबृत्ति सिद्धार्थनगर नगरपालिकाका पूर्व मेयर (विसं २०४९–५४) डा. बलराम गौतम का सुपुत्री पुजा चापागाईं तथा छोरी ज्वाँई मेघ राज चापागाईंको तर्फबाट प्रदान गरिएको हो ।

कार्यक्रममा सिकागो, अमेरिका निवासी चापागाईं दम्पतिको योगदानको सबैले खुलेर प्रशंसा पनि गरे ।

मञ्चका अध्यक्ष वासु गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री माननीय वसिरउद्विन खान, विश्व बन्यजन्तु संरक्षण कोष नेपाल प्रमुख डा. घनश्याम गुरूङ, वरिष्ठ न्यूरो सर्जन डा. लेखजंग थापा, लुम्बिनी कपिलवस्तु विश्व अभियान बेल्जियमका अध्यक्ष डा. राजेन्द्र बारी, एसियन फर्मास्युटिकल्सका निर्देशक शशांक घिमिरे, समाजसेवी शुशिल गुरूङ, भैरहवा नमुना उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक चुन्न प्रसाद पाण्डे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष तथा पत्रकार नरेश केसी, सिद्धार्थ बैंकका लुम्विनी प्रदेश प्रमुख शुशिल नेपाल, नेपाली सेना कालि भक्ति गण (ई) का गणपति मेजर सुवर्ण दुवाल, सिद्धार्थनगर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष दामोदर शर्मा घिमिरे, रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष टंकनाथ अधिकारी तथा अतिथिमा सिद्धार्थनगर नगरपालिका वडा नं ७ का वडा सदस्य शुष्मा प्रधान, वडा नं ६ का वडा सदस्य अनिल केसी, लायन्स क्लब अफ घासी नेपालका अध्यक्ष अरूणा श्रेष्ठ, राइज मिडिया नेटवर्कको तर्फबाट पिंकी श्रेष्ठ, समाजसेवी लेखनाथ भट्टराई, हरित अभियन्ता गोविन्द बन्धु अर्याल, नेपाल रेडक्रस सिद्धार्थनगरका अध्यक्ष वसन्त लाल कर्ण, नेत्र ज्योति संघ रूपन्देहीका कोषाध्यक्ष राजेश ढकाल, सिद्धार्थ बैंक भैरहवाका शाखा प्रबन्धक जिवन घिमिरे लगायत थुप्रै अतिथिहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन मञ्चका महासचिब धिरेन्द्र पन्तले गरेका थिए भने स्वागत मन्तब्य टंकनाथ अधिकारीले ब्यक्त गरेका थिए ।

उक्त कार्यक्रमको मिडिया पार्टनर राइज मिडिया नेटवर्क, न्यूज ओके टेलिभिजन र समता टेलिभिजन रहेको थियो ।

सोहि कार्यक्रममा विशेष योगदान दिने स्रष्टा तथा संस्थाहरू सिद्घार्थ बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक, नेपाली सेना,एसियन फर्मास्युटिकल्स, विश्व वन्यजन्तु संरक्षण कोष नेपाल,डा. राजेन्द्र बारी र वरिष्ठ न्यूरो सर्जन डा. लेखजंग थापालाई मंचले विशेष सम्मान गरेको थियो ।

त्यसैगरी प्रकृति संरक्षक तथा विश्व वन्यजन्तु संरक्षण कोष नेपाल प्रमुख डा. घनश्याम गुरुङलाई प्रमुख अतिथि माननीय मन्त्री वसिरउद्विन खानले खादा लगाएर विशेष सम्मान गरेका थिए ।

जापानको हिरोसिमा र नागासाकीमा सन १९४५ अगष्ट ६ देखी ९ सम्म भएको परमाणु बमबाट मृत्यु भएकाहरूको सम्झनामा आज भैरहवाको लुम्बिनी गेटमा मैन बत्ति बाली मृतकहरूको चिर शान्तिको कामना पनि गरिएको थियो ।

कलाकार मन गोल्डीले हिरोसिमा नागासाकीको लोगो पेन्टिङ गरेका थिए भने लुम्बिनी प्रेस क्लबका अध्यक्ष तथा पत्रकार नरेश केसीले मैन बत्ति कार्यक्रमको शुभारम्भ गरेका थिए ।

मंचले दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियानको साथै अन्य विविध कार्यक्रम गर्दै आएको छ ।

यस वित्तिय वर्ष २०७९/८० लाई मंचले लुम्बिनी प्रदेश वर्षको रूपमा मनाउदै आगामी वर्षमा अन्य प्रदेशमा पनि यस्तै कार्यक्रम गर्ने जनाएको छ ।

यो पनि…
बृक्षारोपण महाअभियान पुग्यो लुम्बिनी
भैरहवा पुग्यो बृक्षारोपण महाअभियान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested