English

बृक्षारोपण महाअभियान पुग्यो लुम्बिनी



‘दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियान’ अन्तरगत शनिवार बिहान रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ मा अवस्थित होटल कसाई नजिकै नयाँ गाउँ क्षेत्रमा हिरोसिमा जापानको आधिकारिक बृक्ष कपुर रोपेर बृक्षारोपण कार्यक्रम गरिएको छ ।

एसियन फर्मास्युटिकल्स, सिद्धार्थ बैंक र मुक्तिनाथ विकास बैंकको सहयोगमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष वासु गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्रेय शाक्यपुत्र (अवधेश त्रिपाठी), विशिष्ट अतिथि लुम्बिनी विश्व शान्ति स्तुपाका भिक्षु ओनिसी, विश्व बन्यजन्तु संरक्षण कोष नेपाल प्रमुख डा. घनश्याम गुरूङ सहभागी थिए ।

यसैगरी अतिथीमा लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष लिलामणी (जुपिटर) शर्मा, लुम्बिनी कपिलवस्तु विश्व अभियान बेल्जियमका अध्यक्ष डा. राजेन्द्र बारी, एसियन फर्मास्युटिकल्सका निर्देशक शशांक घिमिरे, लायन्स क्लब अफ घासी नेपालका अध्यक्ष अरूणा श्रेष्ठ, राइज मिडिया नेटवर्कको तर्फबाट पिंकी श्रेष्ठ लगायत थुप्रै अतिथिहरूको उक्त कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमको संचालन लुम्बिनी विश्व शान्ति मञ्चका महासचिब धिरेन्द्र पन्तले गरेका थिए ।

हिरोसिमामा सन् १९४५ अगस्ट ६ देखी ९ सम्म परमाणु बमबाट ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौन धारण गरी सबै मृत्त आत्माहरूको शान्तिको कामना गरिएको उक्त कार्यक्रमको मिडिया पार्टनर राइज मिडिया नेटवर्क, न्यूज ओके टेलिभिजन र समता टेलिभिजन रहेको थियो ।

कार्यक्रमलाई लुम्बिनी कपिलवस्तु विश्व अभियान बेल्जियम, लुम्बिनी कपिलवस्तु डे मुभमेन्ट, रोटरी क्लब अफ बुटवल साउथ लगायत संस्थाहरूको सहयोग रहेको थियो ।

१० लाख बृक्षारोपण तथा संरक्षण महाअभियानमा नेपाली सेनाको पनि महत्वपूर्ण भुमिका रहदैं आएको छ ।

आगामी साउन २१ गते शनिवारका दिन दिंउसो साढे दुई बजे हिरोशिमा दिवसका अवसरमा भैरहवाको सिद्धार्थ राजमार्गको बुद्ध चोकदेखी देवकोटा चोकसम्म हिरोशिमा सिटीको अधिकारिक फुल कनेर (ओलियन्डर) को १०८ बिरुवा लगाउने कार्यक्रम रहेको मञ्चका अध्यक्ष गौतमले जानकारी दिए । मञ्चका महासचिब धिरेन्द्र पन्तका अनुसार लुम्बिनी विश्व शान्ति मञ्चकै तत्वाधानमा स्थानीय तह, बैंक तथा वित्तीय संस्था र विमा कम्पनीहरूसंग हातेमालो गरी बित्तिय साक्षरता तथा हरित अर्थतन्त्रका बिषयमा प्रशिक्षण गोष्ठी संचालनको पनि योजना रहेको र भदौ पहिलो साता लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिने छ ।

यो पनि
बुटवलमा ‘दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियान’
बृक्षारोपण महाअभियान नेपालगंजमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested