English

पूर्वमन्त्री घर्तीमगरको ‘पुर्खाको चिनो’



पूर्वमन्त्री बालाराम घर्तीमगरले सङ्कलन गर्नुभएको ऐतिहासिक दस्तावेजहरुको संग्रह ‘पुर्खाको चिनो’ कृति सार्वजनिक गरिएको छ ।

लेखक तथा अन्वेषक हरिप्रसाद सोढारीले सम्पादन गरेको उक्त पुस्तकमा विसं १९५७ देखीका पुराना पत्र, हस्तलिखित पुस्तक र केही अन्य दस्तावेज समेटिएका छन् । अनुसन्धानकर्ता, कानुनविद्, राष्ट्रचिन्तक र इतिहासका विद्यार्थीलाई उक्त कृति एकदमै महत्वपूर्ण छ । पाँच खण्डमा विभाजित उक्त पुस्तकमा प्यूठान टुक्रिएर रोल्पा नहुँदैका मालअड्डाका रसिद र तमसुक, मुखिया र जिम्मवालको भूमिका, बाटो र गौडा पार गर्न आवश्यक पर्ने कागज, खुङ्ग्रिका राजासम्बद्ध पत्र, विद्यालयदेखि गोल पोल्न चाहिने पत्रको नमूनासमेत समेटिएको छ ।

हरेक पत्रको अन्तिममा लेखिएको मिति र त्यसको प्रकारबारे सूचना दिइएको छ । दोस्रो खण्डमा अदालतसम्बद्ध पत्रहरू रहेका छन् । जसले त्यतिबेलाको न्याय एवं कानुनका बहुआयामिक पक्षलाई झल्काउँछ । नेपालीकागजका यी पत्रहरूको शीर्षभागमा प्यूठान अदालत लेखिएको छाप देखिन्छ । कानुन, समाजशास्त्र एवं इतिहासका विद्यार्थीहरूलाई यो खण्ड महत्वपूर्ण देखिन्छ ।
तेस्रो खण्डमा इस्तिहारहरुलाई समावेश गरिएको छ ।

यसबाट त्यतिबेलाको आदेश, कार्यपद्धतिका बारेमा जानकारी प्राप्त हुने छ । यसको शीर्षभागमा नेपाली, अंग्रेजी र उर्दूभाषामा लेखिएका गोलाकार छापको चिन्ह छ । चौथो र पाँचौँ खण्डमा पूर्वमन्त्री घर्तीमगरको संग्रहमा रहेका अप्रकाशित ज्योतिष र तन्त्रका ग्रन्थहरू छन् । यी हस्तलिखित ग्रन्थहरूबाट ज्योतिष र तन्त्रले समाजलाई कसरी सुरक्षित र सुसुचित गरेको थियो भन्ने संकेत गर्दछ ।

खगोल र भूगोलमा हाम्रो विज्ञान कति परिपक्व थियो भन्ने सूचना उक्त कृतिले दिन्छ । पूर्वमन्त्री घर्तीमगर विगत ६ दशकदेखि राजनीतिमा सक्रिय छन् । उनी हालसम्म ११ पटक मन्त्री भइसकेका छन् ।

पूर्वमन्त्री बालाराम घर्तीमगरले सङ्कलन गर्नुभएको ऐतिहासिक दस्तावेजहरुको संग्रह ‘पुर्खाको चिनो’ कृति सार्वजनिक गरिएको छ ।

यो पनि
कमजोर धरातलमा उभिएको हाम्रो जलस्रोत कूटनीति
मनमोहन अधिकारी र भदौ १२ को फैसला




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested