English

यु–२० नेपाली फुटबल टोली आज स्वदेश फर्कदै



भारतमा जारी २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा सहभागी नेपाली टोली आज स्वदेश फर्कँदै छ।

भारतको भुवनेश्वमा भएको प्रतियोगितामा फाइनलमा प्रवेश गर्नका लागि जीत हासिल गर्न नसकेको नेपाली टोली आज अपरान्ह नेपाल फर्कन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टोली दिउँसो ४ वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ।

सो प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो। प्रतियोगिताभर नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो भने भारतसँग ८–० को फराकिलो अन्तरले हार ब्योहोरोको नेपालले बंगलादेशसँग भने १–१ को बराबरी खेलेको थियो।

सो प्रतियोगितामा भारतले फाइनलको यात्रा तय गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको थियो। उपाधिका लागि अब भारत र बंगलादेश भिड्ने भएका छन्।

यो पनि…
बंगलादेश र भारत फाइनलमा
यु २० साफ च्याम्पियनसिपः बंगलादेशसँग रोकिएसँगै नेपालले भारतको नतिजा कुर्नुपर्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested