English

महिला साफस् च्यासललाई अभ्यास मैदान बनाउने



घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल मार्फत च्यासल मैदान प्रयोगमा आउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपबाट नव निर्मित च्यासल मैदान संचालनमा ल्याउन लागेको हो ।

यसअघि एन्फाले सहिद स्मारक ए डिभिजन लिग २०७८ आयोजना गर्ने तयारी गरेपनी चेन्जिङ रूम र गोलपोस्ट तयार नभएपछी खेल हुन सकेको थिएन ।

यस्तै, एन्फाले दोस्रो अभ्यास मैदानको रुपमा आर्मीको भद्रकालीलाई प्प्रयोग गर्नेछ । महिला साफ लगातार दोस्रो पटक नेपालमै हुँदै छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन गरेको समूह बी मा नेपाल सहित श्रीलंका र भुटान छन् ।

यस्तै, समूह ‘ए मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् । २१ भदौदेखि १३ असोजसम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा सात देशको सहभागीता रहनेछ ।

साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले ५८ महिला खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन् ।

यो पनि…
गर्ला त एन्फाले अब्दुल्लाहको बर्खास्ती ?
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



सम्बन्धित खबरहरु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested