English

महिला युरो : फ्रान्स समूह विजेता



बेल्जियमलाई पराजित गर्दै फ्रान्स महिला युरो २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीवार राति रोथर्हाम स्थित न्युवर्क स्टेडियममा बेल्जियमलाई २–१ अन्तरले पराजित गर्दै फ्रान्स समूह डी को विजेता रुपमा अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

अघिल्लो खेलमा इटालीलाई ५–१ अन्तरले पराजित गरेको फ्रान्स लगातार दोस्रो जित निकाल्न सफल भएको हो ।

खेलमा अग्रता फ्रान्सले बनायो । उसका काडिदिआटोउ डिआनीले छैटौं मिनेटमा गोल गरिन । बेल्जियमकि कायमानले ३६औं मिनेटमा गोल गर्दा खेल १–१ को अवस्थामा बढ्यो । तर, पहिलो हाफ सकिन ४ मिनेट अघि एमबोक बाथीले गोल गरेपछी फ्रान्स विजयी भयो ।

समूहमा फ्रान्सको दुई खेलबाट ६ अंक छ । समान दुई खेल खेलेका आइसल्यान्डको दुई अंक तथा बेल्जियम र इटालीको समान एक अंक छ ।

बिहीबार राति भएको खेलमा इटाली र आइसल्यान्डले ११ अन्तरको बराबरी खेले ।

यो पनि…
अन्तिम खेलमा एनआरटीको जित
अर्जेन्टिनी डिफेन्डर भित्र्याउन म्यानचेष्टर युनाइटेडको दौड



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested