English

सुटिङका लागि विदेशीको रोजाइमा नेपाल

विदेशी फिल्ममात्र होइन म्युजिक भिडियो छायाँकन पनि नेपालमा


हलिउड, बलिउड, दक्षिण भारतीयदेखि भोजपुरी चलचित्र छायाँकनको लर्को लाग्थ्यो, नेपालमा । त्यसो त थुप्रै भारतीय चलचित्रका कथा नेपाली भूमीमा सजिए ।

फिल्मका मात्र के कुरा ! भारतीय गीतका भिडियो छायाँकनसमेत नेपाली भूमीमा भइसके । त्यतिमात्र होइन, भिडियो निर्माणको टीममा नेपाली कलाकारदेखि प्राविधिकसम्मले क्षमता प्रदर्शन गरिसके । गर्दैछन् ।

त्यसको पछिल्लो उदाहरण हो– ‘साथीया तेरे बिना’ । जसमा कलाकार, नृत्य निर्देशकदेखि प्राविधिकसम्म अधिकांश नेपाली छन् । दुई वर्ष अघि पोखरा आसपासमा छायाँकन भएको गीतको भिडियो नृत्य निर्देशक कमल राईमार्फत नेपाल भित्रिएको थियो ।

भिडियोका निर्माता थिए– टिकम शर्मा । उनी भेट्रान फिल्म प्रोडुसरसमेत हुन् । शर्माले बलिउड, कलिउड, साउथ इन्डियन, मराठीलगायत विभिन्न क्षेत्रका फिल्ममा लगानी गरिसके । उनले निर्माण गरेका दर्जन बढी फिल्मका गीतको भिडियोमा राईले कोरियोग्राफी गर्ने मौका पाए । राईको कामबाट रमेका शर्माले करिव दुई वर्ष अघि ‘साथीया तेरे बिना’को भिडियोमा कोरियोग्राफीको जिम्मा राईलाई दिए ।

मोडल, प्राविधिक, लोकेसन हेर्नेदेखि सबै कामको जिम्मा मलाई नै दिनुभयो, राई भन्दै थिए, नेपाली भूमीमा भारतीय म्युजिक भिडियोको छायाँकन गर्ने जिम्मेवारी पाउँदा म’मा खुशीको सीमा नै थिएन ।

भिडियोलाई नेपालमै छायाँकन गर्ने निधो गरे । त्यसको सम्पूर्ण चाँजोपाँजो मिलाउने जिम्मा पनि राईलाई नै दिइयो । ‘मोडल, प्राविधिक, लोकेसन हेर्नेदेखि सबै कामको जिम्मा मलाई नै दिनुभयो,’ राई भन्दै थिए, ‘नेपाली भूमीमा भारतीय म्युजिक भिडियोको छायाँकन गर्ने जिम्मेवारी पाउँदा म’मा खुशीको सीमा नै थिएन ।’

यहीक्रममा शर्मा नेपाल आए । राईले उनलाई सिधै पोखरा लगे । धम्पुस, बेगनास ताल, फेवा ताल, हेम्जा लगायतका स्थान घुमाए । एकै नजरमा पोखराको सेरोफेरोले शर्माको मन जित्यो । यही मेसोमा उनले भिडियो छायाँकन गर्ने निर्णय गरे । ‘नेपाल नेचुरल स्टुडियो हो । यहाँ थुप्रै फिल्म मेकरका नजर गढिन्छन्,’ राई भन्छन्, ‘टिकम शर्मालाई पनि पोखराले एकै नजरमा मोहनी लगायो ।’

म्युजिक भिडियो निर्माणले गति लिन थाल्यो । यहीक्रममा भिडियोको छायाँकारको रुपमा पुरुषोत्तम प्रधान, मोडल रिश्ता बस्नेत, निर्देशक सम्राट शाक्य, वार्डरोब सोनी सिँजाली मगर, हेयर स्टाइलिस रुबिना बुढाथोकी, मेकअपम्यान श्याम लामा, सहायक निर्देशक सुरेश न्यौपाने, सहायक कोरियोग्राफर सुमित गुरुङ, भिएफएक्समा बसन्त घर्तीमगर, कलरमा रेनिश फागो, सम्पादनमा अर्जुन जिसीलगायतको एउटा टीम नै तयार भयो ।

नेपाली कलाकार होस् या प्राविधिक सबै दक्ष छन् भन्ने भारतीय फिल्म/म्युजिक इन्डष्ट्रीमा सन्देश गएको छ, यदि नेपालका कुना काप्चामा रहेका पर्यटकीय ठाउँहरुलाई प्रवद्र्धन गरी विश्वसामु चिनाउने हो भने नेपाललाई सुटिङ स्पटको रुपमा परिचित गराउन कुनै गाह्रो पर्दैन ।

यो टीमले झण्डै तीन दिन लगाएर भिडियो छायाँकन गर्यो । नेपाली भूमीमा गरिएको भारतीय गीत ‘साथीया तेरे बिना’ले सोचेभन्दा बढी सफलता दिलाएको राई बताउँछन् । ‘नेपाली कलाकार होस् या प्राविधिक सबै दक्ष छन् भन्ने भारतीय फिल्म/म्युजिक इन्डष्ट्रीमा सन्देश गएको छ,’ राईले सुनाए, ‘यदि नेपालका कुना काप्चामा रहेका पर्यटकीय ठाउँहरुलाई प्रवद्र्धन गरी विश्वसामु चिनाउने हो भने नेपाललाई सुटिङ स्पटको रुपमा परिचित गराउन कुनै गाह्रो पर्दैन ।’

साथीया तेरे बिनामात्र होइन त्यसअघि भारतमै प्रतिष्ठित मानिइने जी म्युजिकले नै नेपालमा ‘कुछ तो है’ गीतको भिडियो पनि छायाँकन गरेको छ । उक्त टीममा अधिकांश नेपाली छन् । जसमा मोडल सृष्टि खड्का, समिम खान र ज्योतिका ट्याङ्ग्रीले अभिनय गरेका छन् । ठमेलस्थित फरेन हाइट क्लबमा छायाँकन गरिएको भिडियोलाई स्वप्निल जैसवालले निर्देशन गरेका हुन् भने कृष्ण रसालले कोरियोग्राफी गरेका छन् ।

माथिका यी दुई म्युजिक भिडियो त प्रतिनिधि मात्र हुन् । भारतीय मूलका थुप्रै गीतका भिडियोको सुटिङ थलो नेपाली भूमी बन्दै आएको छ । यदि नेपालको लोकसनलाई प्रवद्र्धन गर्ने हो भने भारतीयमात्र होइन विश्वको ध्यान खिच्न सकिने छायाँकार पुरुषोत्तम प्रधान बताउँछन् ।

यतिबेला प्रेमगीत ३ को पोष्ट प्रोडक्सन मुम्बईमा भइरहेको छ, त्यो चलचित्रमा समावेश भएका कतिपय दृश्यहरु देखेर त्यहाँका प्राविधिकहरु नै चकित परेका छन् ।

‘नेपालले सुटिङ लोकेसनलाई प्रवद्र्धन गर्ने हो भने भारतमात्र नभएर विश्वलाई नै आकर्षित गर्न सक्छौं,’ उनले प्रेमगीतको प्रसंग निकाल्दै भने, ‘यतिबेला प्रेमगीत ३ को पोष्ट प्रोडक्सन मुम्बईमा भइरहेको छ, त्यो चलचित्रमा समावेश भएका कतिपय दृश्यहरु देखेर त्यहाँका प्राविधिकहरु नै चकित परेका छन् ।’ त्यस्ता लोकेसनलाई हामीले चिनाउन सकेका छैनौं ।

साथीया तेरे बिनामा छायाँकारको भूमिकामा काम गरेका प्रधान भारतीय टीमसँग जोडिएर काम गर्दा फरक अनुभव प्राप्त भएको सुनाउँछन् । ‘हामी नेपालीहरुले काममा अनुशासन देखाउन अझै सकिरहेका छैनौं,’ प्रधान भन्छन्, ‘साथीया तेरे बिनामा काम गर्दा अनुशासन भनेको के हो भन्ने कुरा सिक्न पाइयो ।’

हाम्रो नेपाल साँच्चै स्वर्गको टुक्रा हो, यहाँ जस्तासुकै म्युजिक भिडियो होस् या चलचित्रका लागि आवश्यक पर्ने सिनहरु छन् मात्र त्यसको खोजी र प्रचारको आवश्यकता छ ।

त्यस्तै, कुछ तो है की मोडल खड्का पनि नेपाल स्वर्गको टुक्रा भएर पनि यसलाई प्रदर्शन गर्न कञ्जुस्याइँ भएको बताउँछिन् । ‘हाम्रो नेपाल साँच्चै स्वर्गको टुक्रा हो,’ उनी भन्दै थिइन्, ‘यहाँ जस्तासुकै म्युजिक भिडियो होस् या चलचित्रका लागि आवश्यक पर्ने सिनहरु छन् मात्र त्यसको खोजी र प्रचारको आवश्यकता छ ।’ जसका लागि सरकारले पनि यसको प्रवद्र्धनमा ध्यान दिनुपर्ने उनको मत छ ।

किनकी,यसअघि नेपालमा ठूलो ब्यानरका विदेशी चलचित्र निर्माताहरुले आफ्ना चलचित्रका नेपाललाई पनि लोकेशनका रुपमा छानेका छन् । उदाहरण लिन सकिन्छ,अक्षय कुमारको मुख्य अभिनय रहेको हिन्दी फिल्म ‘बेबी’ काठमाडौंमै छायाँकन भएको थियो । दक्षिण भारतीय फिल्म ‘दस गिने से पहेले’ का केही दृश्य नेपालमै छायाँकन भएको थियो ।

देवानन्दको ‘हरे राम हरे कृष्ण’, अमिताभ बच्चनको ‘खुदा गवाह’ र ‘महान’, अनिल कपुरको ‘युद्ध’ र गोविन्दाको ‘एक हसिना एक दिवाना’ लगायतका हिन्दी फिल्मले पनि छायाँकनका लागि नेपाली भूमि नै रोजे ।

दक्षिण भारती फिल्म साउथ ‘दसका दम’ पनि नेपालमै सुटिङ भएको हो । बलिउडमात्र होइन,हलिउडका ‘डक्टर स्ट्रेन्ज’ देखि हलिउडकै अर्को ठूलो फिल्म ‘एभरेष्ट’ को सुटिङ पनि नेपालमै भएको थियो ।

सुटिङकै लागि हलिउडका लोकप्रिय कलाकारले नेपाल भ्रमण गरिसकेका छन् । अंग्रेजी फिल्म ‘सोल्ड’ र ‘हाइवे टू धम्पुस’ को सुटिङ पनि नेपालै भएको थियो ।

‘लर्ड बुद्ध’ र ‘अ नाइट ट्रेन टु काठमाडौं’, ‘द गोल्डन चाइल्ड’, ‘बराक’, ‘सेभेन एअर्स इन तिब्बत’, ‘द फल’, ‘वियोन्ड दी एज’ लगायत अंग्रेजी फिल्मका केही दृश्यको छायाँकन नेपालमै भएका हुन् ।

सगरमाथा आरोही एडमन्ड हिलारीको जीवनीमा आधारित टेलिभिजन ड्रामा ‘हिलारी’को छायाँकन गर्न न्युजिल्याण्डबाट जम्बोटोली नेपाल आएको थियो ।

नेपालमा अंग्रेजी, हिन्दी, चिनियाँ, कोरियन, रसियन, ब्राजिली, इटाली लगायत देशका फिल्म गरि करिब ४ हजारभन्दा बढी ठूला फिल्मको सुटिङ भइसकेको छ ।

छायाँकनका लागि सही थलोको रुपमा विश्वव्यापी ब्राण्डिङ गर्न सके काँचुली फेर्ने दिन नेपालका लागि धेरै टाढा छैन ।

याे पनि:
संगीतको त्यो सुमधुर साँझ

‘बन्दिपुरैमा’: अमेरिकामा गीत,नेपालमा संगीत अनि युट्युबमा हिट (भिडियो पनि)
दोहोरीले धानेको नेपाली लोक संगीत (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested