English

मुगुको विद्यालयका लागि हाँसोको सहकार्य



शनिबार बेलुकी बौद्यनाथ परिसरमा अवस्थित उत्पल क्याफेमा ठुलो आवाजमा हाँसो गुञ्जिरहेको थियो । कारण थियो, प्रख्यात स्ट्याण्ड अप कमेडियन र सगरमाथा आरोही शैली बस्नेत ! अवसर थियो, मुगुस्थित श्री नेपाल राष्ट्रिय बेसिक स्कुलको लागि आर्थिक सहयोग जुटाउन आयोजना गरिएको ‘कमिक रिलिफ फर मुगु’ कार्यक्रम ।

स्ट्याण्ड अप कमेडियन शैली बस्नेत, डोरेश खतिवडा र सरोज भण्डारीको करिब डेढ घन्टाको रमाइलो प्रस्तुतिले दर्शक मख्ख परे । तिनै जनाले समसामयिक बिषयहरुमा ब्यङ्ग गरेर र कुनै कुनै बेला आफै माथि ब्यङ्ग गरेर दर्शकलाई आफ्नो प्रस्तुतीले बाँधी राखे ।

आरोही र कमेडियन शैली बस्नेतले २०११ देखि निरन्तर धेरै देशमा आफ्नो प्रस्तुतिले नेपाललाई चिनाइराखे कि छिन । बस्नेतले केही वर्षदेखि निरन्तर बेचबिखन र दुब्र्यबहारबाट जोगिएकी युवा महिलाहरुका लागि ट्रेकिङ गाइड बन्न तालिमहरु आयोजना गरेर आर्थिक रुपले सबल बनाउने कार्य गरिरहेकी छिन । आउँदो ८ अक्टुबरमा सनफ्रान्सिस्कोमा साथी आरोही÷लेखक सिल्विया बस्कोज लभाडोसंग मिलेर ‘कमेडी फण्ड रेजर,माउन्ट एभरेस्ट डायरिज’ आयोजना हुने कार्यक्रम रहेको छ ।

तस्विरहरु : विकास रौनियार

यो पनि…
नेपाली रंगमञ्चमा अनुराधा मजुमदार (फोटोफिचर)
मदन पुरस्कारबाट इङ्नाम र जगदम्बा श्रीबाट थापा सम्मानित हुँदाका झलक (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested