English

सिद्धार्थ राजमार्गमा रोपियो फुलको बेर्ना



‘दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियान’ अन्तर्गत शनिवार बुटवल उपमहानगरपालिका वडा नं ३ पछि साझा तिलोत्तमा नगरपालिका वडा नं १५ कटैया सिद्धार्थ राजमार्गमा फुलको बेर्ना रोपेर बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली सेना, लक्ष्मी बैंक, लक्ष्मी केयर्स, प्रभु बैंक, ज्योति विकास बैंक र विभिन्न संघ संस्थाहरूको सहयोग तथा बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम सनत गौतमको संयोजकत्वमा सम्पन्न भएको थियो ।

पिंकी श्रेष्ठ र अरूणा श्रेष्ठको सहकार्य रहेको उक्त बृक्षारोपण कार्यक्रममा लुम्बिनी विश्व शान्ति मंचका अध्यक्ष बासु गौतमको सभापतित्व र तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाडको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको विशिष्ट अतिथि तिलोत्तमा महानगरपालिका वडा नं ६ का अध्यक्ष गणेश पाठक, वडा नं १४ का अध्यक्ष आश्विन पौडेल, नेपाली सेना श्री गरूड दल गण रामनगर ब्यारेक बुटवलका गणपति रामकृष्ण श्रेष्ठ, रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष टंकनाथ अधिकारी, समाजसेवी शुशिल गुरूङ र तिलोत्तमा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डे थिए ।

कार्यक्रममा टंकनाथ अधिकारीले स्वागत मन्तब्य राखेका थिए भने लुम्बिनी विश्व शान्ति मंचका महासचिव धिरेन्द्र पन्तले कार्यक्रम संचालन गरेका थिए ।

लुम्बिनी विश्व शान्तिमंचले साउन महिनामा बाग्मती र लुम्बिनी प्रदेशमा बृक्षारोपण कार्यक्रम रहेको जानकारी गराएको छ ।

यो पनि…
बुटवलमा ‘दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियान’
पनौतीमा वृक्षारोपण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested