English

पनौतीमा वृक्षारोपण



लुम्बिनी विश्व शान्ति मंचको आयोजनामा पनौती नगरपालिका वडा नं ३ देउती बजै सामुदायिक वनमा ‘१० लाख वृक्षारोपण अभियान’ अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी विश्व शान्ति मंचका अध्यक्ष बासु गौतमको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पर्यावरण क्षेत्रमा लुम्बिनी विश्व शान्ति मंचले आयोजना गर्ने गरेको १० लाख वृक्षारोपण कार्यक्रमको सफलताको शुभकामना दिए । आफ्नै गृहनगरमा यस्तो भब्य कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिदैं आगामी दिनमा यस्तो असल कार्यको लागी पनौती नगरपालिकाले पनि मिलेर वृक्षारोपण कार्यक्रम गरी यस नगरपालिकालाई हरित बनाउने अभियानमा बृहत रूपमा लुम्बिनी विश्व शान्ति मंचसंग हातेमालो गर्दै बृक्षारोपण गरिने तथा पनौतीको पर्यटन प्रवर्द्धनमा समेत उक्त संस्थासंग मिलेर काम गर्ने बताए । उनले भने, ‘सरकारले गर्ने काम लुम्बिनी विश्व शान्ति मंचले गरेकोमा उक्त संस्थालाई मुरी मुरी धन्यवाद ।’

कार्यक्रममा अतिथिको रूपमा पनौती नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विष्णु सापकोटा र लक्ष्मी बैंकको सामाजिक उत्तरदायित्व संस्था लक्ष्मी केयर्सका अध्यक्ष शिशु जोशीले पनि मन्तब्य राखेका थिए । उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाली सेना कालि जंग गण धुलिखेल काभ्रेपलाञ्चोकका गणपति प्रमुख सेनानी मिलन थापा,लक्ष्मी बैंकका बाग्मती प्रदेश प्रमुख प्रतिस केसी, लक्ष्मी बैंक,पनौतीका शाखा प्रमुख जमुना मोक्तान, लक्ष्मी बैंक,भकुण्डे काभ्रेपलाञ्चोकका शाखा प्रमुख सुमन मानन्धर, नेपाली सेना कालि जंग गणका मेजर राजेश कार्की, सामाजिक अभियन्ताहरू कृष्ण सापकोटा, कर्ण बहादुर सापकोटा, लक्ष्मण सापकोटा, सालिग्राम सापकोटा, लोकप्रसाद सापकोटा, लिलानाथ सापकोटा, नेपाल प्रहरी कुशादेवी प्रहरी बिटका प्रमुख असई दिपक राज पौडेल, ग्रिन हयान्डस नेपालका अध्यक्ष अर्पणा पोखरेल, सरोज भण्डारी, अनामिका अर्याल, जगदिश आचार्य, अन्जु रंजित केसी, प्रदिप कार्की, लगायत अतिथीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन लुम्बिनी विश्व शान्ति मंचका महासचिव धिरेन्द्र पन्तले गरेका थिए ।

१० लाख वृक्षारोपण कार्यक्रम अन्तर्गत उक्त वृक्षारोपण कार्यक्रमको प्रायोजन लक्ष्मी बैंक, लक्ष्मी केयर (लक्ष्मी बैंकको सामाजिक कार्यक्रम) र प्रभु बैंकले गरेको थियो भने वृक्षारोपण कार्यक्रमलाई सफल बनाउन नेपाली सेना कालि जंग गण पनौती, देउती बजै सामुदायिक वन उपभोक्ता समिती, पाथी चौर सामुदायिक वन उपभोक्ता समिती, वर पिपल साकोस, लिलावति समाज कल्याण, देउती बजै कृषक समूह, कुशादेवी प्रहरी कार्यालय, पनौती नगरपालिका कृषि तथा पशुपंक्षी शाखा, लगायत संघ संस्थाहरूको सहयोग रहेको थियो । लुम्बिनी विश्व शान्ति मंचको आगामी बृक्षारोपण कार्यक्रम यहि महिनाको अन्ततिर बुटवलमा गरिने अध्यक्ष बासु गौतम र महासचिव धिरेन्द्र पन्तले जानकारी दिए ।

यो पनि…
लुम्बिनी प्रदेशको प्राथमिकतामा गौरवका आयोजना
चन्द्रागिरीमा १० लाख वृक्षारोपण अभियान प्रारम्भ (फोटो फिचर)



...
Elizabet

Coaching

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested