English

श्रीरामको दरवार र उनको परिवारसम्बन्धि ८ रोचक तथ्य !



विवस्वान (सूर्य) पुत्र वैवस्वत मनु र वैवस्वत मनुका पुत्र इक्ष्वाकुको कुलमा भागीरथ, हरिश्चन्द्र, सगर, पृथु, रघु आदि महान व्यक्ति राजा बने । त्यसपछि राजा बनेका थिए दशरथ । दशरथका तीन श्रीमती थिए, कौशल्या, सुमित्रा र कैकेयी ।

१. कौशल्यकी पुत्री शान्ता र पुत्र राम थिए । सुमित्राका पुत्र लक्ष्मण र शत्रुघ्न र कैकेयीका पुत्र भरत थिए ।

२. राम र लक्ष्मणसहित चार भाईहरुका दुई गुरु थिए, वशिष्ठ र विश्वामित्र ।

३. रामले जनकपुत्री सीतासँग विवाह गरेका थिए । सीता र रामका जुम्ल्याहा पुत्र थिए लव र कुश ।

४. लक्ष्मणले जनकका भाई कुशध्वजकी पुत्री उर्मिलासँग विवाह गरेका थिए । लक्ष्मणका अंगद र चन्द्रकेतु नामका दुई पुत्र तथा सोमदा नामकी एक पुत्री थिइन् । लक्ष्मणकी अन्य दुई पत्नी पनि थिए । जसको नाम हो, जितपद्या र वनमाला ।

५. भरतले पनि कुशध्वजकी छोरी माण्डवीसँग विवाह गरेका थिए । उनका तक्ष र पुष्कल नामका दुई पुत्र थिए ।

६. शत्रुघनकी पत्नीको नाम श्रुतकीर्ति थियो, जो जनकका भाई कुशध्वजकै पुत्री थिइन् । मथुरामा शत्रुघ्नका पुत्र सुबाहु र दोश्रो पुत्र शत्रुघातीको शासन भेलेसा (विदिशा) मा थियो ।

७. श्रीरामका दुई दिदीबहिनी थिए, एक शान्त र अर्की कुकबी । कुकबीको बारेमा धेरै जानकारी छैन । तर शान्ताको बारेमा सबैलाई थाहा छ । भगवान रामकी दिदीको पालनपोषण राजा रोमपद र उनकी श्रीमती वर्षिणीले गरेका थिए, जो महारानी कौशल्याकी बहिनी थिइन् । शान्ताको विवाह महर्षि विभाकाण्डका पुत्र ऋंग ऋषिसँग भएको थियो । उनले नै दशरथ राजाको पुत्रेष्टि यज्ञ गरेका थिए, जसपछि नै राम, लक्ष्मण, भरत शत्रुघ्नको जन्म भयो ।

८. राम दरवारमा श्रीराम र सीता सिंहासनमा विराजित छन् र उनको एकतिर लक्ष्मण र अर्कोतिर भरत उभिएका छन् । तल हनुमान र शत्रुघ्न बसेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested