English

देउडा गाउँदै धान रोपाइँ (फोटो फिचर)



डडेल्धुरामा देउडा लयमा गीत गाउँदै र रोप्दै १९औँ धान दिवस मनाइएको छ । सदरमुकाम अमरगढी नगरपालिका–३ डोटी घटाल (साउँद गाउँ)मा किसानको खेतमै गएर कृषि ज्ञान केन्द्र र अमरगढी नगरपालिकाले धान दिवस मनाइएको हो ।

धान रोप्ने बेला खेतका आलीमा देउडा लयमा गीत गाउँदै रमाउँदै धान दिवस मनाइएको अमरगढी नगरपालिका–३ का वडाअध्यक्ष तिर्थ ऐरले बताए । ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा आज धान दिवस मनाइने गरिन्छ । दही चिउरा खाँदै देउडा लयमा गीत गाँउदै धान दिवस मनाइएको हो । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन छ ।

‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए ।

भट्टका अनुसार डडेल्धुरामा ६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । १५ असारसम्म जिल्लामा ६५ प्रतिशत रोपाईं सम्पन्न भइसकेको उनको भनाइ छ । ‘मौसम अनुकल हुँदैछ, असारको अन्तिम वा साउनको पहिलो सातासम्म सबै ठाउँमा रोपाई सकिन्छ । चिसो ठाउँ भएका कारण किसानले चाँडो बिउ राख्ने गरेका छन् । जेठभित्र रोपाईं सक्ने परम्परागत चलन छ,’ उनले भने, ‘जलवायु परिवर्तनका कारण समयमा पानी पर्दैन । त्यसैले किसानले बिउ राख्न हतार गर्नु हुँदैन् ।’

जेठमै रोपाईं गरिसक्ने भए पनि यसपालि पानी नपर्दा रोपाईं ढिलो सुरु भएको कृषक जगदिश बोहराले बताए । खोलानालामा पानी नहुँदा बोरिङको पानीले रोपाईं गरिरहेको उनको भनाइ छ ।

२०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

यो पनि…
असार १५ मा दही चिउरा किन खाइन्छ ?
हराउँदै गयो रोपाइँको मौलिकता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र