English

बब मार्लीका प्रेरणादायी भनाइहरू



६ फेब्रुअरी १९४५ मा जन्मेका बब मार्ली एक जमैकन गायक, गीतकार तथा संगीतकार हुन् । उनको असली नाम नेस्टा रोबर्ट मार्ली हो । आध्यात्मिक भावनायुक्त संगीतकार मार्लीले जमैकन संगीतलाई विश्वकै सांगीतिक क्षेत्रमा चिनाएका थिए । उनको मृत्यु ११ मे १९८१ मा भएको थियो ।

उनका मन छुने भनाइहरू यस प्रकार छन् ।

१. भगवानले मलाई केही गर्न पठाएका हुन् । त्यसैले मलाई भगवानबाहेक कसैले रोक्न सक्दैन ।

२. पैसाले जीवन किन्न सकिदैन ।

३. आँखा खोल र आफैँलाई हेर त, के तिमीले जिइरहेको जीवनप्रति तिमी सन्तुष्ट छौ ?

४. प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ ।

५. संगीतको बारेमा एउटा राम्रो तथ्य के हो भने जब यसले हान्छ, तब केही पीडा हुँदैन ।

६. के तिमीलाई थाहा छ, पहिलो ढोका बन्द हुँदा दोस्रो खुलेको हुन्छ ।

७. थोरै मानिसले मात्र वर्षातको अनुभूत गर्दछन्, बाँकी भिज्छन् मात्रै ।

८. आफ्नो इतिहास नबिर्स, न त भाग्य नै ।

९. आफ्नो लागि बाँच्नु हुन्छ भने त्यो व्यर्थ हुनेछ । तर, अरुका लागि बाँच्नु हुन्छ भने त्यो साँचो हुनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested