English

१२ स्वर्ण पदकसहित नेपाल च्याम्पियन



भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन भएको छ । नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, दुई रजत र दुई कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्यामिपयन बनाउन सफल भएको हो । नेपाल सोतोकान (एसकेडियुएन) टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न २७ जेठमा त्यसतर्फ प्रस्थान गरेको थियो ।

स्वर्ण जित्न सफल खेलाडीहरूमा वर्षा केसी (१३ वर्ष), झरना के सी (१४ वर्ष), सुरोज राजबाहक (१५ वर्ष), एन्जिला राई (१६ वर्ष), शाहिल घले (१६ वर्ष), सर्मिला वाइवा (१७ वर्ष), पुष्पका लामा (४५ केजी), वर्षा बुढामगर (५० केजी), साजन बल (५५ केजी), सन्तोष श्रेष्ठ (६० केजी), एरिका गुरुङ (६८ केजी माथि) छन् ।

यसैगरी, नेपालका लागि अर्को स्वर्ण कातामा सुरेन्द्र तामाङले दिलाए । यस्तै रुपक श्रेष्ठ (१७ वर्ष) र सम्मान मल्ल श्रेष्ठ (५० केजीमुनि)ले रजत पदक प्राप्त गरेका छन् । सुरेन्द्र तामाङ (६७ केजी) र सञ्जय महर्जन (८४ केजी माथि)ले कास्य पदक प्राप्त गर्न सफल भएका छन् ।

प्रशिक्षक चित्रप्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक व्यवस्थापक, सात महिला र नौ पुरुष गरी १६ खेलाडी, चार रेफ्री र एक अफिसियल गरी २३ सदस्य छन् ।

यो पनि…
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested