महिला टी-२० च्याम्पियनसीप : नेपालको दोस्रो जित



सीता राना मगरको दुई विकेटप्रेरित नेपालले एसिसी महिला टी-२० च्याम्पियनसीपअन्तर्गत दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको छ ।

मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा १०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सक्यो ।

कुवतेका लागि प्रियदा मुरालीले ४० बल खेलेर ३१ सर्वाधिक ३१ रन जोडिन् । यस्तै, मरियम्मा हेदरले १६ तथा कप्तान अम्ना तारिकले १४ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सीताले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । यस्तै, संगीता राई, इन्दु बर्मा र अस्मिना कर्माचार्यले एक एक विकेट लिए ।

पहिलो इनिङ्समा नेपालका लागि कप्तान रुवीना क्षेत्रीले २७ बल खेलेर सर्वाधिक ३४ रन बनाउँदा इन्दु बर्माले ३३ बल खेलेर २८ रन जोडेकी थिइन् । यस्तै, ओपनर ज्योति पाण्डेले १५, विन्दु रावलले रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

कुवेतका लागि मरियम्मा हैदरले दुई तथा मरियाम ओमार र खदिजा खालीले एक–एक विकेट लिए ।

यो पनि…
महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुवात
अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो




...
महिला टी–२० : नेपाल एसिया कपमा छनोट हुन असफल - Mero LifeStyle Mero LifeStyle

[…] सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी–२० च्याम्पियनसिपबाट बाहिरिएको छ […]

...
१२ स्वर्ण पदकसहित नेपाल च्याम्पियन - Mero LifeStyle Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा

दक्षिण एसियाली मुलुक पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्धबाट हटाएको छ । फिफाले बिहीबार एक

सरकारले लगातार दश वर्षदेखि सार्वजनिक गर्दै आएको तथ्य र तथ्याङ्कले चामलको परनिर्भरता अकासिएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०६९/७० मा

अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् ।

Suggested