English

सन्दर्भः विश्व सम्पदा दिवस

मध्यपुरका मेयरलाई सम्पदाविद् रवीन्द्र पुरीको खुलापत्र



मदन सुन्दर श्रेष्ठ ज्यू
मेयर, मध्यपुर थिमी भक्तपुर ।

मध्यपुर थिमी नगरपालिकाको प्रमुख भएका कारण स्वभाविक रुपमा तपाईंले धेरै विषयमा ध्यान लगाउनु पर्छ नै । विश्व सम्पदा दिवसको अवसरमा म भने सम्पदाको आँखावाट जानेका वा मलाई लागेका कुरा प्रस्तावको रुपमा उल्लेख गर्दैछु । आवश्यक ठान्ने वा नठान्ने यहाँको जिम्मा ।

सम्पदाको क्षेत्रलाई यहाँले दिनु भएको महत्व मिडिया मार्फत हेर्ने र सुन्ने गरेको छु । तपाईंको सक्रियता प्रंशसायोग्य छ ।

पछिल्लो समय कालिडोल बुढाथोकी गाउँ, राधेराधे, कुन्डोल हाडोल र मनोहरा निलबराही क्षेत्रको जग्गा रोक्का गरी आवास क्षेत्र निर्माण गर्ने सुनेपछि केही सल्लाह लेख्ने जमर्को गरेको हुँ । अन्यथा नलिनु होला ।

मध्यपुर थिमीलाई मौलिक बनाउन वा मध्यपुरको पहिचान स्थापित गर्न तपाईंका लागि यो सुवर्ण अवसर हो भन्ने मलाई लाग्छ । यो अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने सवालमा यहाँले केन्द्रीत हुनैपर्छ ।

नयाँ आवास क्षेत्र बनाउँदा यी ४ कुरामा ध्यान दिनुभयो भने परिणाम सही निस्कन्छ –

१. ती क्षेत्रमा नयाँ घर बनाउनेहरुलाई अनिवार्य रुपमा घरको मोडेल दिनुहोला । ताकि एउटै वा मौलिक प्रकारको घर निर्माण हुन सकोस् ।

२. नयाँ आवास क्षेत्रमा हाम्रा परम्परागत संरचना जस्तो – ढुंगेधारा, पाटी–पौवा, चैत्य, पोखरी आदि निर्माण गर्नुहोला ।

३. छिटी, मटान, चोटा र बुंइगल काठमाडौं उपत्यकाको परिचय हुन् । यी परम्परागत परिचयलाई जोगाई दिनुहोला । भक्तपुर नपाले निर्धारण गरेको ३५ फिट अग्लो घरको ‘कन्सेप्ट’लाई तपाईंको पालिकाले पनि पालना गरोस् । अर्थात् चार तलेभन्दा अग्ला घर नबनाउन कडाइका साथ लागु गर्नुहोला ।

४. समग्रमा नेवारी मौलिकता देखिने र जोखिने संरचना निर्माण गराउनु होला । काठमाडौं उपत्यकालाई नेवारी शैलीमा विकास गरियो भने यसको अर्थ र उद्देश्य सही हुन्छ ।

माथिका चार बुँदालाई नीति बनाउँदै कार्यान्वयन गर्नुभयो भने मध्यपुर थिमीको मुहार फेरिन्छ । समयले खोजेको पहिचान स्थापित हुन्छ । पर्यटकको घुइचो थामिनसक्नु हुन्छ । यसका लागि थप बजेट पनि चाहिँदैन । खालि तपाईंले बनाउने नीति नियमले यस्तो संरचना बन्नेछ ।

त्यसैगरी मध्यपुर थिमीले तत्कालै गर्नुपर्ने काम पनि देखेको छु । जस्तोः

१. भएका सम्पदाको संरक्षणमा लाग्नुपर्यो ।

२. सम्पूर्ण सम्पदाको ‘डकुमेन्टेसन’ गर्नुपर्यो ।

३. बिग्रिसकेकालाई पनि सम्पदामैत्री बनाउनु पर्यो ।

४. नेवारी शैलीलाई जुनसुकै क्षेत्र र स्थानमा स्थापित गर्ने कार्ययोजना तयार गर्नुपर्यो ।

मेयर साहेव, हाम्रो देशमा विगतदेखि नियाल्ने हो भने निर्माणका ८ वटा शैली छन् । शेर्पा, गुरुङ, तामाङ, थारु, मैथिली, किराँत, खस र नेवारी । यो नेवारी क्षेत्र भएकाले यसमा तपाईं फोकस हुन जरुरी छ । र, शक्तिशाली स्थानीय सरकारले यी काम गर्न पनि सक्छ ।

मैले भनिरहनु पर्दैन कि, जुनसुकै काम गर्दा पनि प्रणालीको विकास गर्नुपर्छ । वर्तमानमा हामी प्रणाली स्थापित गर्न निर्मम हुन सकेनौं भने इतिहासमा हामीलाई हेर्ने नजर फितलो हुन्छ । त्यसकारण हामी हाम्रो मौलिक कला–संस्कृति स्थापना गर्न हदैसम्म गम्भीर हुन जरुरी छ ।

सम्पदा संरक्षणमा लागि पर्नेहरुको शुभचिन्तक
रवीन्द्र पुरी
सम्पदा संरक्षणकर्मी, भक्तपुर
२०७८।०१।०५



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested