English

‘फेरि हारको कारण खराब ब्याटिङ’



नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ओमानविरुद्ध खराब ब्याटिङको कारण हार व्यहोर्न बाध्य भएको बताएका छन् । शुक्रबार बिहान समाप्त भएको आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ ।

खेलपछि प्रतिक्रिया दिँदै कप्तान सन्दीपले भने, ‘हारको कारण ब्याटिङ नै हो । हामी कुनै पनि पनि समय सम्मालिएर खेल्न सकेनौं ।’

यसअघि नेपालले दुई ओपनर घाइते भए पनि सुवास खकुरेललाई अमेरिका बोलाएको थियो । उनीसमेत पहिलो खेलमा चल्न सकेनन् । नेपालको ब्याटिङमा पुनः ओपनिङ जोडी चल्न सकेनन् । नेपालले ४० रन जोड्दा दुवै ओपनरलाई गुमाएको थियो ।

अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट रंगशालामा ओमानले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ४ ओभरमा सबै विकेट गुमाउनुअघि १९८ रन मात्र बनाउन सक्यो ।

नेपालका आरिफ सेखले सर्वाधिक ६६ रन बनाए । यसबाहेक देव खनालले ३४, रोहित पौडेलले २०, दीपेन्द्रसिंह ऐरीले १६, विनोद भण्डारीले १४ र सोमपाल कामीले १३ रन बनाए ।

ओमानका जिसन मक्सुद र खवर अलीले समान तीन विकेट लिए । यस्तै, विलाल खानले दुई विकेट लिँदा अयान खानको नाममा एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङमा आएको ओमानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २११ रनको योगफल तयार पारेको थियो ।

ओमानका कप्तान मक्सुदले सतकीय इनिङ खेलेका थिए । अविजित १०४ बनाएका मक्सुदले १२६ बलमा १२ चौका प्रहार गरे ।

यस्तै, खवर अलीले ३०, सोएब खानले २७ र सुरज कुमारले टिमको खातामा १२ रन जोडे ।

नेपालका करण केसीले सर्वाधिक पाँच विकेट लिएका थिए । १० ओभर बलिङ गरेका करणले ३८ रन खर्चिएका थिए । यसबाहेक कप्तान सन्दीप लामिछानेले दुई र सोमपाल कामीले एक विकेट लिए ।

कप्तान सन्दीपले अन्तिम १० ओभर समेत नेपाली फिल्डिङ सफल हुन नसकेको बताए । ‘हामी ओमानलाई २०० कटाउन नदिने अवस्थामा थियौं । तर, त्यो सफल हुन सकेन,’ उनले भने ।

जितसँगै लिग २ को शीर्ष स्थानमा रहेको ओमानले ३४ खेलबाट ४२ अंक जोडेको छ । तालिकाका छैटौं स्थानमा रहेको नेपालले १३ खेलबाट १२ अंक जोडेको छ ।

यो पनि…
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो

नेपालले विश्वकप क्रिकेट लिग–२ को पहिलो खेल आज खेल्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested