English

तामाकोशी पाँचौमा १६ अर्ब ४५ करोड लगानी



गत असारदेखि सञ्चालनमा आएको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीले नेपालको ऊर्जा क्षेत्रमा रणनीतिक परिवर्तन गरिदियो । मुलुकको राष्ट्रिय प्रणालीमा एकैपटक ४५६ मेगावाट बिजुली थप हुँदा त्यसले उपलब्ध गराउने ऊर्जा र आर्थिक क्षेत्रमा परेको प्रभाव आफैँमा महत्वपूर्ण छ ।

स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको आयोजना ऊर्जा सुरक्षाका हिसाबले पनि उत्तिकै प्रभावकारी मानिएको छ । सोही आयोजनासँग जोडिएको अर्को आयोजना तामाकोशी पाँचौँ पनि अब निर्माणमा जाने तयारीमा छ ।

माथिल्लो तामाकोशीको विद्युत् गृह रहेको ठाउँबाट टेलरेस सुरुङ हुँदै बाहिर निस्केको पानी प्रयोग गरेर निर्माण गर्न लागिएको आकर्षक आयोजना हो ।

माथिल्लो तामाकोशीको ‘टेलरेस’ सुरुङबाट निस्केको पानी प्रयोग गरेर एक सय मेगावाट बराबर बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढाइएको आयोजनाको सोमबार मात्रै सरकारले लगानी स्वीकृत गरेको छ । पाँच अर्ब रुपैयाँमाथि लगानी हुने आयोजनाको निर्णय लगानी बोर्डमार्फत हुनुपर्ने कानुनी बन्दोबस्ती छ ।

सोही प्रबन्धका कारण तामाकोशी पाँचौँका लागि १६ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत गरिएको छ । तर, यो लगानी भने स्वदेशी नै हो । सो आयोजना पनि पूर्णरुपमा स्वदेशी लगानीमा नै निर्माण हुनेछ । माथिल्लो तामाकोशीको विद्युत् गृह रहेको ठाउँबाट टेलरेस सुरुङ हुँदै बाहिर निस्केको पानी प्रयोग गरेर निर्माण गर्न लागिएको आकर्षक आयोजना हो ।

तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधानका अनुसार आयोजना निर्माणमा जानुपूर्वका सबै काम भइरहेको छ । परामर्शदाता छनौटको काम अन्तिम चरणमा पुगेको छ । ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषसँग वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौताको पनि अन्तिम तयारी भइरहेको छ । आगामी असार मसान्तभित्रै सबै काम सकाउने योजनाका साथ काम भइरहेको उनले जानकारी दिए ।

निर्माण व्यवसायी छनौटका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन लागिएको छ । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चय कोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने भएको छ । रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोशीमा एकलौटी लगानी गरेको कोषले तामाकोशी पाँचौँमा भने एक्लै लगानी गर्न लागेको हो । लगानीसम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा गत साउनमा हस्ताक्षर भएको थियो ।

माथिल्लो तामाकोशीको विद्युत् गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गरेर दोलखाको स्थानीय सुरीदोभान पु¥याइनेछ । आयोजनामा कूल आठ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

कूल एक सय मेगावाट क्षमताको उक्त आयोजना असाध्यै आकर्षक देखिएकाले कोषले लगानी गर्न लागेको हो । माथिल्लो तामाकोशीको क्यासकेड परियोजनाका रुपमा तामाकोशी पाँचौँ अगाडि बढाउन लागिएको हो । आयोजनाको कूल लगानीमध्ये १२ अर्ब रुपैयाँ कोषले उपलब्ध गराउँदा थप चार अर्ब रुपैयाँ भने प्राधिकरणले लगानी गर्नेछ ।

परियोजना सस्तो र आकर्षक भएकाले पनि आफूहरूले खुला हृदयका साथ लगानी गर्न लागेको कोषले यसअघि नै स्पष्ट पारिसकेको छ । माथिल्लो तामाकोशीको विद्युत् गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गरेर दोलखाको स्थानीय सुरीदोभान पु¥याइनेछ । आयोजनामा कूल आठ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

आयोजनाको कूल लागतका आधारमा प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ हाराहारीमा मात्रै पर्ने भएकाले पनि सस्तो मानिएको छ । आयोजनाका लागि पहुँचमार्ग निर्माण गर्नुपर्ने अवस्था छैन ।

माथिल्लो तामाकोशी निर्माणका क्रममा नै केही संरचनासमेत तयार भएकाले आयोजनालाई थप सहज भएको प्रमुख कार्यकारी अधिकृत प्रधानको भनाइ छ । यसमा बाँध निर्माण गर्नुनपर्ने भएकाले पनि थप सहज भएको छ । माथिल्लो तामाकोशीको टेलरेस सुरुङलाई अर्को टनेलमा स्थानान्तरण गर्न मिल्ने गरी भूमिगत इन्टेक निर्माण भइसकेको छ । तामाकोशी पाँचौँमा २५ मेगावाट क्षमताका चार युनिट रहनेछ ।

आयोजनाको कूल लागतका आधारमा प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ हाराहारीमा मात्रै पर्ने भएकाले पनि सस्तो मानिएको छ । आयोजनाका लागि पहुँचमार्ग निर्माण गर्नुपर्ने अवस्था छैन । माथिल्लो तामाकोशीको सबै संरचनासमेत प्रयोग गर्न सकिन्छ । त्यसकारण पनि व्यवस्थापन थप सरल छ ।

प्रसारण लाइनसमेत तम्तयारी हालतमा रहेको, लागत सस्तो पर्ने एवम् सबै विषयले सहज भएकाले कोषले ऋण उपलब्ध गराउन कुनै कन्जुस्याई नै गरेन । आयोजनाले वार्षिक रुपमा ५सय४० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । पूर्वऊर्जामन्त्री वर्षमान पुनले उक्त आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेका थिए । आयोजनाले स्थानीय प्रभावित एवं आमसर्वसाधारणलाई साधारण शेयर बिक्री गर्नेछ ।

केही अघिसम्म यो आयोजना माथिल्लो तामाकोशीअन्तर्गत नै राख्नुपर्ने माग पनि उठेको थियो । तर, प्राधिकरणले छुट्टै कम्पनी स्थापना गरेर अगाडि बढाएको छ ।

याे पनि :
चर्चाको चार दशकपछि पूरा होला त पश्चिम सेतीको सपना ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested