English

अनौठो : बेलायती प्रिन्स ह्यारीको पेन्टिङ बनाउने सुँगुरले कमायो लाखौँ रुपैयाँ !



यदि तपाईलाई एक सुँगुरले राम्रो पेन्टिङ बनाउँछ भन्यो भने पत्याउन गाह्रो पर्छ । तर पिग्कासो नामको एक सुँगुर केही वर्ष यता पेन्टिङको काम गरिरहेको छ । यसकै माध्यमबाट उसले राम्रो कमाइ गर्दछ ।

पिग्कासो

यो सुँगुरले बेलायतका प्रिन्स ह्यारीको पेन्टिङ बनाएको थियो । प्रिन्स ह्यारीको पेन्टिङ हालैमात्र स्पेनका एक व्यक्तिले २.३६ लाखमा किनेका छन् । पिग्कासोको उमेर चार वर्षको हो ।

पिग्कासो

यसले अहिलेसम्म आफ्ना पेन्टिङबाट ५० लाख ३७ हजार रुपैयाँ कमाएको छ । यो सुँगुरको मालिकको नाम जोने लेफसन हो । पिग्कासो र लेफसन साउथ अफ्रीकामा बस्छन् ।

पिग्कासो

यसबाट भएको कमाई लेफसन जनावरका लागि दिन्छिन् । पिग्कासो अनुभवि कलाकारको जसरी पेन्टिङ गर्दछ । अहिले यसको फोटो र भिडियो अत्याधिक भाइरल बनिरहेका छन् ।

पिग्कासो

यो भन्दा पहिला पनि पिग्कासोले बेलायतकी महारानी एलिजाबेथको एक पेन्टिङ बनाएको थियो । जो तीन लाख २० हजारमा बिक्री भएको थियो । धेरै कम मानिसलाई मात्र सुँगुर एक चतुर र बुद्धिमान जनावर भन्ने थाहा छ ।

यसलाई सिकाएको कुरा यसले तत्काल बुझ्ने गर्दछ । अमेरिकामा हरेक वर्ष १ मार्चमा राष्ट्रिय सुँगुर दिवस मनाइन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested