English

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो



नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप ९०० जनालाई कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा अहिलेसम्म २ लाख ८२ हजार ८९० जनालाई कोरोना संक्रमणका भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या ४ रहेको छ ।

No photo description available.

योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको कुल संख्या ३ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २०८ रहेको छ ।

No photo description available.

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ७४ हजार ८१२ रहेको स्वास्थ्य मन्त्तालयले जनाएको छ ।

No photo description available.

नेपालको आइसोलेसनमा अहिले ५ हजार ८ जना रहेका छन् भने ७७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै नेपालमा हालसम्म २३ लाख ३५ हजार ८४ जनाको पीसीआर टेस्ट भएको छ ।

केही दिनअघिसम्म ५० जना संक्रमित फेला परेको भएपनि यो संख्या पछिल्ला केही दिन यता ह्वात्तै बढेर एक हजारको हाराहारीमा पुगेको छ ।

May be an image of text that says 'उमेर समूह अनुसार कोभिड-१९ बाट संक्रमित हुनेहरुको विवरण (गत २४ घण्टामा) २२० २०० १૬০ २०५ १९३ १६७ १०० ६६ ९5 २० १५ ४४ ३५ २०-२९ ३०-३९ ४०-४९ પૂ०-४९ ६०-६९ ७०-७९ 5০-5९ ९०-१०० अज्ञात उमेर समूह जिल्ला अनुसार कोभिड-१९ का सक्रिय संक्रमितहरुको विवरण Legend Cases 1-50 51-200 201+'



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested