English

टिभी प्रस्तोतालाई अनुहार ढाक्न उर्दी



तालिबानले महिला अफगान टिभी प्रस्तोता र स्क्रिनमा रहेका अन्य महिलाहरूलाई आफ्नो अनुहार छोप्न आदेश दिएको छ । मिडिया आउटलेटहरूलाई बुधवार आदेशको बारेमा बताइएको एक धार्मिक प्रहरी प्रवक्ताले बताए ।

तालिबानले सबै महिलाहरूलाई सार्वजनिक रूपमा अनुहारमा बुर्का लगाउन वा सजायको भागिदार हुन आदेश दिएको दुई सातापछि पछिल्लो निर्णय आएको हो ।

१५ अगस्टमा अफगान सत्तामा आएको तालिबानले महिलाहरूमाथि प्रतिबन्धहरू कडा बनाएको छ । उनीहरूलाई पुरुष अभिभावकबिना यात्रा गर्न प्रतिबन्ध लगाइएको छ र केटीहरूको लागि माध्यमिक विद्यालयहरू बन्द छन् ।

तालिबानको पछिल्लो निर्देशन सुनेर आफू चकित परेको एउटा स्थानीय टेलिभिजन स्टेसनमा काम गर्ने एक महिला अफगान पत्रकारले बताइन् ।

टेलिभिजनमा हामीलाई रोक्न उनीहरूले अप्रत्यक्ष रुपमा दबाब दिइरहेका छन् । म कसरी मुख छोपेर समाचार पढ्न सक्छु ? अब के गर्ने थाहा छैन । मैले काम गर्नुपर्छ । घर परिवार पाल्ने जिम्मा ममाथि छ ।

‘टेलिभिजनमा हामीलाई रोक्न उनीहरूले अप्रत्यक्ष रुपमा दबाब दिइरहेका छन् । म कसरी मुख छोपेर समाचार पढ्न सक्छु ? अब के गर्ने थाहा छैन । मैले काम गर्नुपर्छ । घर परिवार पाल्ने जिम्मा ममाथि छ ।’

तालिबानको नयाँ घोषणा २१ मेदेखि लागू हुने रोयटर्स समाचार संस्थाले जनाएको छ । तालिबानको निर्दैशनलाई समूहका प्रवक्ताले ‘सल्लाह’ को रुपमा उल्लेख गरेका छन् । पालन नगर्नेलाई कस्तो कारबाही हुन्छ भन्ने बारेमा केही उल्लेख छैन् ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
श्रीलंकामा संकटकाल हट्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested