English

जसले कहिल्यै हार ब्यहोर्नु परेन



गुमानसिंह अर्यालले कहिल्यै हार ब्यहोर्नु परेको छैन । बेँसीशहरका ६५ वर्षीय अर्याल प्रधानपञ्चदेखि हालको स्थानीय तह निर्वाचनसम्म सधैँ विजेता बन्न सफल भएका छन् । बेँसीशहर नगरपालिका वडा नं ९ का अर्याल बेँसीशहर गाउँ पञ्चायतको प्रधानपञ्च हुँदै पुनःदोस्रो कार्यकालका लागि नगर प्रमुख बन्न सफल भएका हुन् ।

पञ्चायतकालमा जनपक्षीय उम्मेदवारका रुपमा विसं २०४३ मा उनी ३० वर्षको उमेरमा पहिलो पटक जनप्रतिनिधि अर्थात बेँसीशहर गाउँ पञ्चायतको प्रधानपञ्च बनेका थिए । उक्त बेला बमबहादुर अर्याल, रणबहादुर अधिकारी, केन्द्रबहादुर सिलवाल, कमलबहादुर पौडेल, गणेशबहादुर रावललगायत सात जना उम्मेदवारलाई हराउँदै उनी प्रधानपञ्च भएका थिए। विसं २०४६ को परिवर्तसँगै गाउँ पञ्चायत गाविसमा परिणत भयो ।

सोपश्चात् विसं २०४९ को स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले)ले बालकृष्ण बराललाई गाविस अध्यक्षमा र अर्याललाई वडा नं ८ को अध्यक्षको उम्मेदवार बनाएको थियो । नेपाली कांग्रेसका रणबहादुर अधिकारीसँग चुनावी प्रतिस्पर्धी गरेका बराल पराजित भए तर, भीमबहादुर कुँवरलाई पराजित गर्दै अर्याल वडाध्यक्षमा निर्वाचित भए ।

विसं २०५४ मा भएको स्थानीय निर्वाचनमा एमालेले अर्याललाई पुनः बेँसीशहर गाविसको अध्यक्ष पदको उम्मेदवार बनायो । मोहनबहादुर थापालाई उपाध्यक्षको टिकट दियो । तर, हारे । यता कांग्रेस उम्मेदवार बेँसीशहरका तिलकबहादुर पौडेललाई हराउँदै अर्याल भने गाविस अध्यक्षमा निर्वाचित भए ।

विसं २०५४ मा तिलकबहादुर पौडेललाई हराएका अर्यालसँग प्रतिस्पर्धा गर्न पौडेलकै जेठा छोरा भेषबहादुर पौडेल विसं २०७४ को निर्वाचनमा होमिए । तर, अर्यालले २९७ मतान्तरले पौडेललाई हराए । अर्यालले त्यतिबेला सात हजार ६२४ मत प्राप्त गरेका थिए भने पौडेलले सात हजार ३२७ मत प्राप्त गरेका थिए ।

सो बेलामा नेकपा (माओवादी केन्द्र)सँग मिलेर एमाले चुनावमा होमिएको थियो । तर यसपटकको स्थानीय तह निर्वाचनमा एक्लै निर्वाचन प्रतिस्पर्धामा लागेको एमालेको उम्मेदवार अर्यालले कांग्रेस, गठबन्धको तर्फबाट कांग्रेसका श्रीकान्त घिमिरेलाई प्रमुखमा पछि पार्दै दुई हजार आठको फराकिलो मतान्तरले जित हासिल गरेका छन् ।

अर्यालले नौ हजार ४७९ मत प्राप्त गरेका छन् भने कांग्रेसका घिमिरेले सात हजार ४७१ मत प्राप्त गरे । विसं २०३७ देखि कानून व्यवसायमा लागेका अर्याल वरिष्ठ अधिवक्तासमेत हुन् । उनी जिल्लास्थित बार इकाइको अध्यक्षसमेत भइसकेका छन् । हाल एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य रहेका उनी यसअघि जिल्ला कमिटी लमजुङको दुई कार्यकाल उपाध्यक्ष र पटकपटक कमिटीमा बसेर काम गरिसकेका छन् ।

नगरलाई समानुपातिक ढङ्गले विकसित बनाउने, सबैलाई समेटेर समावेशी सिद्धान्तअनुसार नागरिकको सम्मान गर्दै अघि बढिरहन्छु ।

अर्याल करिब चार दशकदेखि जनप्रतिनिधमा क्रियाशील रहँदै आएका छन् । उनी विसं २०४३ देखि हालसम्म भएका पाँच वटा चुनावमा निरन्तर विजयी यात्रामा अघि बढिरहेका छन् । उनले कहिल्यै हार बेहोर्नु परेको छैन । जनताको निःस्वार्थ सेवाको परिणामले आफू लगातार जनप्रतिनिधि बन्न सफल बनेको उनको भनाइ छ ।

‘नगरलाई समानुपातिक ढङ्गले विकसित बनाउने, सबैलाई समेटेर समावेशी सिद्धान्तअनुसार नागरिकको सम्मान गर्दै अघि बढिरहन्छु’, अर्यालले भने । राजनीतिमा विश्राम लिनेबारे सोच्ने बेला नभएको उनी तर्क गर्छन् ।

यो पनि…
स्थानीय तहको नेतृत्वमा अधिकांश युवा
स्थानीय तह निर्वाचनमा : कुन दलका कतिले जिते ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested