English

दोहोरो अङ्कले घट्यो सेयर बजार



पहिलो पटक शुक्रवार खुलेको सेयर बजार १५ अङ्कभन्दा धेरैले घटेको छ । आज सेयर बजार परिसूचक नेप्से १५ .८२ अङ्कले घटेर दुई हजार दुई सय ३५ .९ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेकोमा बीमा, व्यापार, अन्य, विकास बैंक, उत्पादन समूहको शेयर धेरै अङ्कले ओरोलो लागेको छ ।

त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । दुई सय २३ कम्पनीका २५ लाख २४ हजार कित्ता सेयर ९३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण काबेली पावर लिमिटेडको तीन करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको सेयर झन्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि समुदायिक लघुवित्त, श्री इन्भेस्टमेन्ट फाइनान्स र लक्ष्मी लघुवित्तको शेयर दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।

गएको वैशाख १३ गतेको मन्त्रिपरिषद्को बैठकले शनिवार र आइतवार गरी हप्तामा दुई दिने बिदा निर्णय गरेपछि शेयर बजार अब सोमवारदेखि शुक्रवारसम्म खुल्ने भएको हो ।

यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested