English

यू-१७ एसिया कपः नेपाल पोट ३ मा



एएफसी यू-१७ एसिया कप २०२३ छनोटमा नेपाल पोट ३ मा परेको छ । एएफसीले शुक्रबार छनोटको ‘ड्र’ का लागि सार्वजनिक गरेको पोटमा नेपाल पोट ३ मा छ ।

पोट ३ मा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान, सिरिया, प्यालेस्टाइन, चाइनिज ताइपेइ, म्यानमार, कतार, टिमोर लिस्टे र सिंगापुर छन् ।

बहराइनमा हुने प्रतियोगिताका लागि ‘ड्र’ मे २६ मा मलेसियाको राजधानी क्वालालम्पुरमा एएफसीले जनाएको छ । छनोटमा एसियाका ४४ राष्ट्र सहभागी छन् । एएफसीले शुक्रबारै यू-२० छनोटको ‘ड्र’ पनि सार्वजनिक गरेको छ ।

एएफसीले यसअघि हुँदै आएको यू-१६ र यु-१९ को स्थानमा यू-१७ र यू-२० एसिया कप आयोजना गर्न लागेको हो । छनोट अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जोर्डन, किर्गिस्तान, ओमान, साउदी अरेबिया, ताजिकिस्तान, उज्वेकिस्तान र भियतनाम गरी १० देशमा आयोजना हुनेछ ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested