English

जग्गाको नक्शा प्रिन्ट र राजश्व तिर्न अब घरबाटै



सरकारले ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रमबाट आफ्नो जग्गाधनी लालपूर्जा, आफ्नो कित्ता आफू बसेकै ठाउँबाट अनलाइनमार्फत् हेर्न, प्रिन्ट गर्न र राजश्व तिर्न सकिन्छ ।

विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाग्राही दमन्ता ढुंगानालाई नक्सा प्रिन्ट हस्तान्तरण गर्दै यो सेवाको सुरुवात गरे । यो प्रणाली सुरु भएसंगै अब जग्गाधनीले नापी कार्यालय पुगेर प्रिन्ट नक्सा लिनुपर्ने झन्झट बेहोर्नु पर्दैन ।

बिहीबारदेखि नापी विभागबाट अनलाइन प्रणाली सुरु गरिएको यो सेवा पहिलो चरणमा काठमाडौं उपत्यकाका नापी कार्यालयहरूबाट सुरू हुँदैछ । विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार यसअन्तर्गत काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा यो सेवा लागू हुनेछ । त्यसपछि क्रमशः देशभरका १ सय २६ वटा कार्यालयबाट यस्तो सेवा दिइने छ ।

‘मेरो कित्ता डट डिओएस डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिन्छ । यो सेवा लिन सेवाग्राहीले कुनै पनि ब्राउजरबाट मेरो कित्ता लगइन गर्नुपर्नेछ । सेवाग्राहीले आफ्नो नाम, सम्पर्क नम्बर, जग्गाधनी पूर्जामा हुने कित्ता नम्बरलगायत विवरणहरू राख्नुपर्ने हुन्छ । प्राप्त विवरणलाई नापी कार्यालयले कारोबार गर्न योग्य छ÷छैन भनी प्रमाणित गर्छ ।

‘मेरो कित्ता’ कार्यक्रम लागु भएसँगै घर बनाउन, बैंकबाट ऋण लिन वा जग्गाधनीको कुनै व्यक्तिगत प्रयोजनका लागि घरमै बसी डिजिटल नक्सा प्राप्त गर्न सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested