English

शीर्ष स्थानमा रहँदै गुजरात प्लेअफमा



लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।

मंगलबार राति गुजरातले दिएको १४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो ।

लखनउका दिपक होडाले सर्वाधिक २७ रन जोड्दा क्विन्टन डी ककले ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । गुजरातका राशिद खानले ४ विकेट लिए ।

यसअघि पुनेमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १४४ रन जोडेको थियो । गुजरातका शुबमन गीलले सर्वाधिक ६३ रन बनाए । यस्तै डेभिड मिल्लरले २६ रनको योगदान गरे ।

जितसँगै गुजरात १२ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा छ । लखनउ १२ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा छ ।

आईपीएलमा नयाँ टोलीको रुपमा भित्रीएका गुजरात र लखनउको पहिलो वर्षनै उच्च लयमा छन् ।

यो पनि
आईपीएल : गुजरात प्लेअफ नजिक

बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested