English

‘मौका पाए कलाकारले राष्ट्र हाँक्न सक्छन्’

अभिनेता भुवन केसी, अभिनेत्री श्वेता खड्कासहित कलाकार संघका अध्यक्ष रविन्द्र खड्का कांग्रेसमा प्रवेश


‘हामीलाई अरु पार्टी भन्दा कांग्रेसको बढी विश्वास लाग्यो’ यो भनाई अभिनेता भुवन केसीको हो । कुनैबेला नेकपा एमालेमा आवद्ध भएर चर्चा बटुलेका केसी लामो समय राजनीतिक वृत्तमा गुमनाम झैं थिए । स्थानीय निर्वाचनको चर्चा सुरु भएसँगै पुनः राजनीतिक सरगर्मी बढाएका केसी मंगलबार सबेरै बालुवाटार आँगनमा झुल्किए । कारण थियो,–नेपाली कांग्रेस प्रवेश गर्ने ।

भुवनसँगै अभिनेत्री श्वेता खड्का र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का पनि कांग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई बालुवाटारमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।

मेरो जीन्दगी नै कलाकारितामा बित्यो त्यसैले यो क्षेत्रका बारे साह्रै चिन्ता लाग्थ्यो, राजनीतिबाट देश र जनताका साथै कला क्षेत्रको पनि विकास गर्न सकिन्छ जस्तो लागेर यता होमिएको हुँ ।

‘उहाँले हामीलाई दिलबाटै स्वागत गर्नुभयो,’ अभिनेता केसी देउवाको गुनगान गाउँदै थिए, ‘पार्टीमा स्वागत गर्ने उहाँको शैली साह्रै मनपर्यो ।’

अभिनेता केसी नेपाली कला, संस्कृतिको विकास र प्रवद्र्धन गर्नका लागि कांग्रेस प्रवेश गरेको बताउँछन् । ‘मेरो जीन्दगी नै कलाकारितामा बित्यो त्यसैले यो क्षेत्रका बारे साह्रै चिन्ता लाग्थ्यो,’ भुवन राजनीतिमा पुनरागमनको अन्तर्य सुनाउँदै थिएँ, ‘राजनीतिबाट देश र जनताका साथै कला क्षेत्रको पनि विकास गर्न सकिन्छ जस्तो लागेर यता होमिएको हुँ ।’

कतिपय पार्टीले कलाकारलाई चुनावका बेलामात्र प्रयोग गर्ने परिपाटी छ तर कांग्रेस यो कुरामा संवेदनशील छ र कलाकारलाई सम्मान गर्छ भनेरै प्रवेश भएका हौं । यद्यपि, कुनै पद प्रतिष्ठाका लागि होइन कला क्षेत्रलाई प्रवद्र्धन गर्न हो ।

पछिल्लो समय कलाकारहरु राजनीतिमा सक्रिय हुने क्रम नै चलेको छ । कतिपयले यसलाई पद, प्रतिष्ठा र चर्चासँग पनि तुलना गर्छन् । तर, सबै कलाकार पद र प्रतिष्ठाका लागि मात्रै राजनीतिमा लाग्छन् भन्नु भ्रम रहेको केसी बताउँछन् । ‘कलाकारहरु यसैपनि दर्शकहरुबीच प्रिय भएर बसेका छौं । तर, आफ्नो क्षेत्रको विकासका लाग संवेदनशील हुन्छौं,’ उनले भने , ‘यहाँ कतिपय पार्टीले कलाकारलाई चुनावका बेलामात्र प्रयोग गर्ने परिपाटी छ तर कांग्रेस यो कुरामा संवेदनशील छ र कलाकारलाई सम्मान गर्छ भनेरै प्रवेश भएका हौं । यद्यपि, कुनै पद प्रतिष्ठाका लागि होइन कला क्षेत्रलाई प्रवद्र्धन गर्न हो ।’

अभिनेत्री खड्काको मनसाय पनि यस्तै छ । उनी राजनीतिमा सक्रिय भएर नेपाली कला क्षेत्रको फाहोरलाई बडार्न चाहन्छिन् । ‘मेरो परिवार नै कांग्रेसमा सक्रिय भएकाले मलाई कांग्रेस पार्टी पहिलेदेखि नै मनपर्थ्यो,’ उनी कांग्रेस प्रवेश गर्नुको रहस्य खोल्दै थिइन्, ‘सक्रिय राजनीतिमा नलागेको मात्र हो अब राजनीतिक वृत्तमा देखिन्छु साथै नेपाली कला क्षेत्रमा देखिएका विकृति विसंगतीलाई रोक्ने प्रयत्न गर्नेछु ।’

कलाकारले पनि राष्ट्र हाँक्न सक्छन्, तर, कलाकारलाई अवसर दिनुपर्यो ।

कलाकारितामार्फत कुनैपनि कलाकारले गाउँ,समाज र राष्ट्रलाई राम्ररी बुझेको हुन्छ । त्यहाँको तात्विक समस्याका बारेमा जानकार रहन्छ । त्यसैले कलाकारले मौका पाए भने राष्ट्रलाई हाँक्न सक्ने सामथ्र्य राख्ने केसी बताउँछन् । ‘कलाकारले पनि राष्ट्र हाँक्न सक्छन्,’ भुवनले आँटिलो भावमा भने, ‘तर, कलाकारलाई अवसर दिनुपर्यो ।’

पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, अभिनेता तथा निर्देशक नीर शाह, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, श्वेताका श्रीमान विजयेन्द्र रावत लगायतको सहभागिता थियो ।

यो पनि…
राजनीतिमा हाम्रा कलाकार
आखिर करिश्माले किन छानिन् एमाले ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

Latest










Popular
Suggested