English

जहाँ सित्तैमा यात्रा गर्छन् मानिसहरू



भारतीय रेलवे विश्वको चौथो ठुलो रेल नेटवर्क र एसियामा दोस्रो ठुलो रेल नेटवर्कमा पर्छ । भारतमा कुल रेलवे स्टेसनहरूको सङ्ख्या लगभग ८००० छ ।

सस्तो र आरामदायी हुने भएकाले धेरै मानिसहरू रेल यात्रा गर्न रुचाउँछन् । रेलमा यात्रा गर्दा भाडा तिर्न त पर्छनै ! तर, भारतमा एउटा यस्तो रेल छ जसमा मानिसहरू बिना टिकट यात्रा गर्छन् । यो कुरा पहिलो पटक सुन्ने जो कोहीलाई झट्ट विश्वास न लाग्न सक्छ, तर यो सत्य हो ।

यो रेल भाखडा–नागल बाँध हेर्नेहरूका लागि चलाइएको हो । उक्त रेल हिमाचल प्रदेश र पन्जाबको सीमामा पर्ने नागल र भाकराको बिचमा चल्छ । जानौँ यो विशेष ट्रेनको बारेमा…

भाखडा नागल बाँध हेर्न जानेहरूले यो रेलबाट निःशुल्क यात्रा गर्न सक्नेछन् । यस रेलको विशेषता भनेको कोचहरू काठले बनेका छन् जसमा टी टी छैन । यो रेल डिजेलमा चल्छ र दैनिक ५० लिटर तेल खपत हुन्छ ।

भारतको यो स्पेसल रेलमा पहिले १० डब्बा हुने गर्दथ्यो तर अहिले तीन वटा मात्रै छन् । जसमा पर्यटकका लागि एउटा कोच र महिलाका लागि एक डब्बा आरक्षित गरिएको छ ।

यो रेलमा मानिसहरूलाई निःशुल्क यात्रा गराउने उनीहरूको उद्देश्य छ । मानिसहरूले भाकरा नागल बाँध हेर्न सकुन् भनेर रेलबाट निःशुल्क यात्रा गराइन्छ ।

यो रेल भाकरा ब्यास व्यवस्थापन बोर्डले सञ्चालन गर्छ । रेल चलाउन पहाड काटेर ट्र्याक बनाइएको थियो ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,