English

‘आमा’



छोराछोरीको छुट्टी भा’छ यसपाली न्यु इयरमा पोखरा जाऔँ है राजा, यति भनिसक्दा नसक्दै उसले श्रीमतीतिर हेर्यो र भन्यो के भनेकी रुबी तिमीले ७४ वर्षकी आमालाई चाहिँ के गर्नु ?

आमा गाडी चढ्न पनि सक्नुहुन्न दुई दिन त हो नि घरैमा आराम गर्नुहुन्छ, फेरि कमली पनि त छे नि । हेरिहाल्छे नि । पूरै आइट्नरी एकै सासमा सकिन् उनले ।

नयाँ सालको इभ मनाउन लोग्ने स्वास्नी र दुई छोराछोरी पोखरातिर हिँडे । घुमघाम सारै रमाइलो भयो । स-परिवार लेक साइडको रात्रिकालीन ताम्झाममा खुब रमाए । समय स्वाभाविक बित्यो, १२ बजे न्यु इयर उदघोष भयो, ‘अल हेप्पी ।’

यता बुढीआमा पश्चिम कौसीमा साझ निकै बेर ७४ सालको सूर्य अस्ताउँदाको दृश्य हेरेर टोलाइरहिन् । साँझ परेपछि दियो बाल्दै सबैको सुस्वस्थ्यको कामना गरिन् । कमली भन्न आ मुमा म भोलि बिहानै दोलखा जानुपर्ने भो उता बुढालाई साउदीमा पुलिसले समातेछ सासू ७० वर्षकी हुनुहुन्छ मुर्छा परेकी छिन् रे म त नगई भएन ।

नयाँ वर्ष शनिबारको दिन १ गते बिहान ब्रेकफास्ट,प्याराग्लाइडिङ्ग, सारङ्गकोट. सिटी टुरले नयाँ वर्षलाई सबैले खुब स्वागत गरे । खानापिना रमाइलो जीवन सुन्दर फेवाताल र माछापुच्छ्रे जस्तो घुमे फोटो खिचाए । नयाँ वर्षको बिहानी सूर्योदयसँगै आमा सबैको दीर्घायु र प्रगतिको कामना गर्छिन् । एक्लै उनलाई अरू केही गर्न मन लाग्दैन । मात्र छोरा बुहारीको बाटो हेरिराख्छिन् ।

आइतबारको दिन घुम्न गएका छोरा बुहारी बच्चाबच्ची काठमाडौं फर्कन्छन् । साह्रै गर्मी भयो भन्दै रिभरसाइडमा धेरै बेर स्विमिङ गर्छन् नुहाउँछन् । फर्किंदा रमाइलो यात्राबारे गफ गर्दै घर पुग्छन् । घर पुग्दा निकै अँध्यारो भइसकेको हुन्छ । आमाले मूलढोका खोलिदिन्छिन् ।थाहा हुन्छ, छोरा बुहारी हल्का पिएर आएछन् । तैपनि, उनी केही बोल्दिनन् । केही बेरपछि आमाले केही भन्न खोज्दा छोरोलाई झर्को लागेझैँ भन्छ, ‘आमा, ११ बजिसक्यो ढिलो भयो, सारै थाकेका छौँ, भोलि वात मारुला है’
उनीहरू सुत्न जान्छन् । आमा पनि चुपचाप ढोका लगाएर सुत्न जान्छिन् ।

यो पनि…
अन्तिम भेट

भोलिपल्ट बिहान ६ बजे आँखा खुल्छ । छोरा-बुहारी आ-आफ्नो मोबाइल समात्छन् । खुसी हुँदै फेसबुकमा आफूले घुम्दाका पोस्ट गरेका रमाइला फोटाहरूमा आएका लाइक र कमेन्ट ले दङ्ग पर्न थाल्छन् ।

कस्तो संयोग यो वर्ष ३ गते नै मातातीर्थ औंसी परेछ । सबैले ‘हेप्पी मदर्स डे’ लेखेको देखेर बुहारीले आफ्नी आमासँग बसेको फोटो मा फुलबुट्टा भरेर पोस्ट गर्छन् । छोरो लाइक र कमेन्ट गर्दै दंग पर्छ । बिहान ८.३० बजिसकेको हुन्छ । मोबाइलबाट एक छिन विश्राम लिएर छोरो बाथरुमको ढोका खोल्दा वृद्ध आमा बाथरुममा लडिराखेकी थिइन अर्धचेतवस्थामा ।

ऊ कराउँछ, ‘आमा…! आमा …! उठाउँछ बुहारी पनि ओछ्यानबाट आइन् । दुवै मिलेर नजिकै अस्पताल पुर्याउँछन् । तीन दिनदेखि छोरा बुहारी नाति नातिनी को न्यास्रोले एक्लै परेकी आमाले केही पनि खाएकी थिइनन्, कमली घर गएपछि दबाइ पनि खाने मेलो नबुझेकाले त्यही कमजोरीले ढलिन् ऊनी । डा.साब आइपुग्छन् । चेकजाँच गर्दै भन्छन्, ‘१० मिनेट मात्र पनि अगाडि ल्याउनुभाको भए उहाँलाइ बचाउन सकिन्थ्यो ।’

छोरा अनुत्तरित भई उभिरहन्छ । फेसबुकमा मदर्स डे भन्दै बिताएको बिहानको समयमा ऊ आमाको कोठामा पुगेको भए ????
राति बाहिरबाट आएर एकैछिन आमासँग बसेर भलाकुसारी गरेको, भए !!! सायद गुमाउनु पर्दैनथ्यो होला आमालाई ।

औँसीकै दिन आमालाई गुमाउँदा आफैँलाई सम्हाल्न सकेन । सबैजना जम्मा भए ।
एकोहोरो टोलाइरहेको ऊ भिडको आवाजले झसंग भयो । उसले आमालाई हेर्यो ।
थाहै नपाई आमाको लासमाथि आँसु खसिरहेका थिए, तप्प…तप्प…तप्प….!

यो पनि…
कथा : सकुबस
नाल्दुम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested