English

आणविक हतियार बढाउने प्योङयाङको प्रतिबद्धता



उत्तर कोरियाली नेता किम जोङ उनले देशको आणविक हतियार बढाउने प्रतिबद्धता जनाएका छन् । सोमवार राति आयोजित एउटा सैन्य परेडलाई सम्बोधन गर्दै उनले आफ्नो परमाणु कार्यक्रम र अस्त्रभण्डार अझ बलियो बनाउने बाचा गरेका हुन् ।

उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा आयोजित परेडमा प्रतिबन्धित अन्तरमहादेशीय ल्यालिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रदर्शन गरिएको थियो । उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक मार्चमा सबैभन्दा ठूलो आइसीबीएम परीक्षण गरेको थियो ।

परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायमा चर्को आलोचना भएको थियो । उत्तर कोरियाका आणविक परीक्षणलाई लिएर अमेरिकाले उमाथि विभिन्न प्रतिबन्ध लगाएको छ ।

परमाणुअस्त्र बोक्न सक्ने गरी बनाइएका ती क्षेप्यास्त्रको मार हान्न सक्ने क्षमता अमेरिकासम्म छ ।

यो पनि…
किम जोङ इलको १०औँ वार्षिकीः ११ दिनसम्म सर्वसाधारणलाई नहास्न उर्दी
ओलम्पिक ‘ठूलो विजय’ भन्दै किमले गरे सी जिनपिङको प्रशंसा



सम्बन्धित खबरहरु

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

Latest










Popular
Suggested