English

नौ महिनामा २ अर्ब ८० करोडभन्दा बढीको मासुजन्य पदार्थ नेपाल भित्रियो



चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट नेपालमा २ अर्ब ८० करोड १ लाख ७३ हजार रुपैयाँको खसी, मासु तथा माछाजन्य वस्तु नेपाल भित्रिएको छ ।

२०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको जिउँदो खसी, मासु तथा माछाजन्य व स्तु नेपालले आयात गरेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार सो अवधिमा ४५ करोड २९ लाख ५९ हजार रुपैयाँको जिउँदो खसी नेपाल भित्रिएको छ । सो मूल्यमा ५० हजार ५८७ वटा खसी आयात गरिएको छ । सबै खसीहरू नेपालले भारतबाट आयात गरेको हो ।

पछिल्लो नौ महिनामा १३ लाख १२ हजार रुपैयाँको २२० वटा भेडा पनि नेपाल भित्रिएका छन् । सबै भेडाहरू नेपालले चीनबाट आयात गरेको हो ।

बितेका ९ महिनामा २ अर्ब ३४ करोड ५९ लाख १ हजार रुपैयाँको माछा र माछाजन्य वस्तु नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालमा माछा र माछजन्य वस्तुहरू अष्ट्रेलिया, क्यानडा, फ्रान्स, हंगेरी, मलेसिया, थाइल्याण्ड, बेलायत, अमेरिका, युनाइटेड अरब इमिरेट्स, अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, ब्राजिल, बुल्गेरिया, चेक रिपब्लिक, हङकङ, भारत, इटाली, जापान, दक्षिण कोरिया, कुवेत फिलिपिन्स, कतार लगायतका देशबाट भित्रिने गरेको छ ।

यो पनि…
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !
कृषिप्रधान देश : आठ महिनामा ३७ अर्ब रुपैयाँको धान-चामल आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested