English

यस्तो छ आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ आठ पैसा र बिक्री दर १२२ रुपैयाँ ६८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ४३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५६ रुपैयाँ ७४ पैसा र बिक्री दर १५७ रुपैयाँ ५१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ५३ पैसा र बिक्री दर १२८ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ३७ पैसा र बिक्री दर ८८ रुपैयाँ ८१ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ तीन पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ पाँच पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ४९ पैसा र बिक्री दर नौ रुपैयाँ ५४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५५ पैसा र बिक्री दर ३२ रुपैयाँ ७१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३३ पैसा र बिक्री दर ३३ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ८१ पैसा र बिक्री दर नौ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

यो पनि…
नौ महिनामा भारतबाट दुई खर्बको पेट्रोलियम पदार्थ आयात
नौ महिनामा वैदेशिक व्यापार घाटा १३ खर्बभन्दा बढी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested