English

चुनावसँगै तात्तियो सेयर बजार

नेप्सेमा ९५.४६ अंकको वृद्धि


लामो समयपछि पुँजी बजार बल्ल सकारात्मक गतिमा देखिएको छ । निरन्तर घट्दोक्रममा रहेको नेप्सेले आइतबार आकर्षक छलाङ मारेको छ । सूचकका साथमा कारोबार रकम (टर्नओभर) मा वृद्धि भएको छ । यस दिन नेप्से सूचक ९५.४६ अंकले बढेर २४२०.९१ विन्दुमा आइपुगेको छ । २ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

९ महिनादेखि करेक्सन फेजमा गएको बजार पछिल्लो समय पुनः घट्दै २३ सय विन्दुभन्दा तल झरेको थियो । यसबीचमा लगानीकर्ताले खरबौं रुपैयाँ गुमाए । निरन्तर बजार घटेपछि बजारमा भाउहरू निकै सस्तो भइसकेको छ । ५२ हप्ताकै न्यून विन्दुमा भाउ आइपुगेको छ । यसैगरी, पीई रेसियो हेर्दा पनि धेरैको भाउ २० भन्दा तल आइसकेको अवस्था हो । सोही कारण लगानीकर्ताहरु एकाएक आकर्षित भएको अनुमान छ ।

पुँजी बजारका लागि अहिले सकारात्मक माहोल बनिरहेको छ । आइतबारबाट स्थानीय निकाय निर्वाचनका लागि उम्मेदवारहरूको मनोनय दर्ता सुरु भएको छ । यससँगै चुनावी चहलपहल थप बढेको छ । चुनावी माहोलमा सेयर बजार सकारात्मक हुने अपेक्षा गर्रिएको छ । दल तथा उम्मेदवारले पैसा खर्च गर्ने भएकाले उक्त पैसा बजारमा आउनेछ । यसले तरलता सहज बनाउने सहयोग गर्ने अपेक्षा गरिएको छ ।

अहिले तरलता अवस्था टाइट भएकाले मात्र बजारले तत्काल अपेक्षा अनुसार पोजेटिभ रेस्पोन्स देखाउन नसकेको विश्लेषणहरु भइरहेका छन् । हाम्रो बजार झन्डै ९ महिनायतादेखि करेक्सन फेजमा छ । यसमा बीचमा उतारचढावहरु भइरहे पनि यसअघि तय भएको ३२ सय विन्दुको उचाइलाई बजारले पार गर्न सकेको छैन । नयाँ बुल रन तयार हुनका लागि नेप्सेले यही ३२ सय विन्दुलाई पार गरेर माथि जानुपर्ने हुन्छ ।

बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरू, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरूका बारेमा पनि अध्ययन गर्नुपर्छ । सबल वित्तीय सूचक भएका कम्पनीहरूमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने अनुभवीहरु बताउँछन् । रिस्क–रिवार्ड रेसियोलाई ख्याल गर्दै लगानीसम्बन्धी निर्णय लिन अनुभवीहरूले सुझाव दिने गरेका छन् ।

यस दिन २३८ कम्पनीको ६६ लाख ३९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबै समूहका सूचकमा हरियाली छाएको छ । फाइनान्स, हाइड्रोपावर, विकास बैंक, बिमा लगायतका समूहहरू सबैभन्दा बढी बढेका छन् । २२ करोड रुपैयाँभन्दा धेरैसहित कारोबार रकममा सिद्धार्थ बैंकको संस्थापक सेयरको अग्रता रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र अरुण भ्याली हाइड्रोपावर परेका छन् ।

यो पनि…
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो
कृषिप्रधान देश : आठ महिनामा ३७ अर्ब रुपैयाँको धान-चामल आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested