English

नौ महिनायता निर्यातमा ६९ प्रतिशतले वृद्धि



चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।

विभागको तथ्याङ्कअनुसार नौ महिनामा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख रूपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ९४ अर्ब ७६ करोड ७१ लाख बराबरको सामान निर्यात भएको थियो ।

चालु आवको नौ महिनामा निर्यातसँगै आयातमा समेत वृृद्धि भएको छ । नौ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयातमा वृद्धि हुँदै १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रूपैयाँ बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख रूपैयाँ बढीको आयात भएको थियो ।

२८ प्रतिशतले बढ्यो व्यापार घाटा

निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । चालु आवको नौ महिनामा रु साढे १४ खर्ब बढीको आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो । चालू आवको नौ महिनामा नेपालले १३ खर्ब छ अर्ब ८९ करोड रूपैयाँ बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख रूपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस्तैगरी, चालु आवको नौ महिनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख रूपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब छ अर्ब १६ करोड २५ लाख रूपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

दुई खर्बको पेट्रोलियम पदार्थको आयात

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो नौ महिनाको तथ्याङ्कअनुसार नेपालले रु दुई खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ ।

नौ महिनाको अवधिमा नेपालले डिजेल, पोट्रोल र खाना पकाउने एलपी ग्यासका लागि एक खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार रूपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो ।

तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी डिजेलको आयात भएको छ । यस अवधिमा एक खर्ब पाँच अर्ब ९७ करोड ५३ लाख ९५ हजार रूपैयाँ बढीको डिजेल र ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार रूपैयाँ बढीको पेट्रोलको आयात भएको हो ।

४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रूपैयाँ बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ । नौ महिनाको अवधिमा ४५ अर्ब ५८ करोड ११ लाख ११ हजार रूपैयाँको सोयाविन तेल, ३२ अर्ब चार करोड ७८ लाख बराबर रूपैयाँको पाम तेल, ३१ अर्ब ८५ करोड ३६ लाख रूपैयाँ बराबरको खोप र २८ अर्ब ५४ करोड ९० रूपैयाँ लाख बराबरको सुन आयात भएको छ ।

१६२ देशबाट आयात

विभागले सार्वजनिक गरेको चालू आवको पहिलो नौ महिनाको अवधिमा नेपालमा १६२ देशबाट १४ खर्ब ६६ अर्ब रूपैयाँ बढीको आयात भएको छ ।

तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । नौ महिनामा नेपालले भारतबाट नौ खर्ब १७ अर्ब २४ लाख रूपैयाँ बढीको आयात गरेको छ भने एक खर्ब २७ अर्ब ८९ करोड ५४ लाख रूपैयाँ बराबरको निर्यात गरेको छ ।

नेपालले भारतसँग मात्रै सात खर्ब ७३ अर्ब ८० करोड ७० लाख रूपैयाँ बढीको व्यापार घाटा व्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ ।

चीनबाट नौ महिनामा दुई खर्ब ११ अर्ब पाँच करोड ८० लाख रूपैयाँ बराबरको आयात भएको छ भने ६२ करोड २८ लाख ६२ हजार रूपैयाँको मात्र निर्यात भएको छ । चीनसँग मात्र दुई खर्ब १० अर्ब ४२ करोड ५१ लाख रूपैयाँ बराबरको व्यापार घाटा रहेको छ ।

यो पनि…
नौ महिनामा भारतबाट दुई खर्बको पेट्रोलियम पदार्थ आयात
नौ महिनामा वैदेशिक व्यापार घाटा १३ खर्बभन्दा बढी



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested