English

स्थानीय निर्वाचनः कुन पदमा उम्मेदवारी दिँदा कति धरौटी राख्नुपर्छ ?



निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरुको लागि फरक फरक धरौटी रकम राख्नुपर्ने व्यवस्था गरेको छ । स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ मा उम्मेदवारी दिँदा राख्नुपर्ने धरौटी रकमबारे स्पष्ट उल्लेख गरिएको छ ।

वडा सदस्य, वडा अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख लगायतका पदमा उम्मेदवारी दिँदा निश्चित रकम धरौटी राख्नुपर्नेछ । निर्देशिका अनुसार वडा सदस्य पदको लागि पाँच सय रुपैयाँ र वडा अध्यक्ष पदमा उम्मेदवारी दिँदा एक हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ ।

यस्तै अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख पदको लागि एक हजार पाँच सय रुपैयाँ र गाउँकार्यपालिका वा नगर कार्यपालिकाको सदस्य पदको लागि पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

जिल्ला समन्वय समितिको सदस्य पदको लागि एकहजार पाँचसय रुपैयाँ र जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदको लागि दुईहजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान राखिएको छ ।

महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा धरौटी रकममा पचास प्रतिशत छुट हुने निर्देशिकामा जनाइएको छ ।

‘कुनै एउटा पदको निर्वाचनमा एक व्यक्तिलाई उम्मेदवार मनोनयन गर्नको लागि एकभन्दा बढी मनोनयनपत्र दाखिला गर्नु परेमा एउटा मनोनयनपत्रको लागि मात्र धरौटी राख्नु पर्नेछ,’ निर्देशिकामा भनिएको छ ।
यो पनि…
स्थानीय तह निर्वाचन : जनमत जुटाउन जुटे दलहरू
स्थानीय तह निर्वाचन : जसले दुई हजार रुपैयाँ दिन्छ, उसैलाई भोट



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested