English

माल्दिभ्समा किरण लिम्बू सम्मिलित माजियाको १३ गोल



नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू सम्मिलित माजिया स्पोर्टस्ले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा किरण सम्मिलित माजियाले क्लब भ्यालेन्सियालाई १३-0 अन्तरले पराजित गरेको हो ।

माजियाको एकपक्षीय जितमा मोहम्मद हाम्जाले एक्लै चार गोल गरे । स्टेवार्ट कर्नेलिउस र हुसन नाइज दुबैले ह्याट्रिक पूरा गरे । यस्तै टानाले दुई गोल गर्दा ऐसामले एक गोल गरे ।

नेपाली टोलीका कप्तान किरणले भने सुरुआती एघारमै खेल्दै आएका छन् । उनले खेल पूरा समयसमेत खेले । जारी लिगमा नौ खेल खेल्दा आठ खेलमा जित र एक खेलमा हार बेहोरेको माजिया २४ अंकसहित शीर्षस्थानमा छ । आठ टोली सहभागी लिगमा माजियाले ३४ गोल गरेको छ भने दुई गोल बेहोरेको छ ।

समान खेलबाट १३ अंक जोडेको पराजित भ्यालेन्सिया तेस्रो स्थानमा छ ।

यो पनि
दिल्लीलाई हराउँदै बैंग्लोर तेस्रो स्थानमा उक्लियो
आईपीएलमा हैदराबाद ७ विकेटले विजयी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested