English

रियल मड्रिड र एट्लेटिको विजयी



स्पेनिस ला लिगा फुटबलमा आइतबार राति लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड विजयी भएका छन् ।

एट्लेटिकोले स्पानियोललाई २–१ गोल अन्तरले हरायो । एट्लेटिको लागि दुबै गोल यानिक कारास्कोले गरे ।
५२औँ मिनेटमा यानिकले अग्रता दिलाए । राउल डि टोमसले ७४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा यानिकले पुनः गोल गर्दा एथ्लेटिको महत्त्वपूर्ण तीन अंक जोड्यो ।

यसअघि खेलको ७१औँ मिनेटमा जिओफ्रीले रातो कार्ड पाएपछि एट्लेटिको १0 खेलाडीमा समेटिएको थियो ।
जितसँगै एट्लेटिकोले ३२ खेलबाट ६0 अंक जोड्दै चौथो स्थानमा छ । स्पानियोल ३९ अंक जोडेर १२ औं स्थानमा छ ।

अर्को खेलमा रियलले सेभियालाई ३–२ अन्तरले पराजित गर्‍यो । घरेलु मैदानमा सेभियाले २–0 को अग्रता बनाए पनि जोगाउन नसक्दा हार बेहोर्न बाध्यभयो ।

रियलको जितमा रोड्रीगो, नाचो फर्नान्डेज र करिम बेन्जेमाले ११ गोल गरे । सेभियाको लागि इभान राकिटिक र एरिक लमेलाले १–१ गोल गरे ।

जितपछि रियल ३२ खेलबाट ७५ अंक सहित शीर्ष स्थानमा छ । सेभिया भने समान खेलबाट ६0 अंकसहित तेस्रो स्थानमा छ ।

यो पनि
दिल्लीलाई हराउँदै बैंग्लोर तेस्रो स्थानमा उक्लियो
आईपीएलमा हैदराबाद ७ विकेटले विजयी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested