English

बालबालिकाका आँखा जाँच महत्त्वपूर्ण



नेत्रधाम आँखा उपचार केन्द्र कुपण्डोल ललितपुरको प्राविधिक सहयोग र ललितपुर महानगरपालिका वडा स्वास्थ्य कार्यान्वयन समिति कुपण्डोलको सहभागितामा, प्रगति शिक्षा सदन मा.वि. कुपण्डोलमा एक दिने निः शुल्क आँखा जाँच स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

शिविरमा उक्त विद्यालयमा अध्ययनरत २२७ जना विद्यार्थीहरूको आँखा जाँच गरिएको थियो । बिहान १० बजे बाट सुरु भएको उक्त स्वास्थ्य शिविर ४ बजे सम्म चलेको थियो । विद्यालयका सम्पूर्ण विद्यार्थीहरू आँखा जाँच गराउन पाउँदा खुसी देखिन्थे ।

उक्त शिविरबाट ६३ जनामा आँखाको समस्या भएको पत्ता लागेको थियो । जस मध्ये दुई जनामा आँखाको आँसु ग्रन्थिमा सङ्क्रमण, आठ जनामा मौसमी आँखा पाक्ने तथा चिलाउने समस्या, दुई जनामा आँखा रातो भएर दुख्ने समस्या, एक जनामा आँखाको नानीमा भाइरस सङ्क्रमण, दुई जनामा आँखा अल्छी भएको समस्या, दुई जनामा जल विन्दु र ४६ जनामा दृष्टि दोष भई चस्मा लगाउनु पर्ने समस्या देखिएको थियो ।

शिविरमा आवश्यक उपकरण र औषधी नेत्रधाम आँखा उपचार केन्द्रले नै व्यवस्था गरेको थियो । आँखामा समस्या भएका ६३ जनालाई प्राथमिक उपचार पश्चात्, निःशुल्क उपचारको लागि नेत्रधाम आँखा उपचार केन्द्र रिफर गरिएको जानकारी शिविर संयोजक विनोद श्रेष्ठले दिए ।

उक्त शिविरमा नेत्रधाम आँखा अस्पतालको तर्फबाट बाल नेत्र रोग विशेषज्ञ सङ्गीता श्रेष्ठ, दृष्टि विशेषज्ञ पूर्ण बहादुर रोक्का, नेत्र सहायक यशोदा गुर्मछाने र विमला गुरुगाईले बालबालिकाको आँखा जाँच गरेका थिए ।

कार्यक्रम संयोजक विनोद श्रेष्ठ, महानगरपालिकाको तर्फबाट केही स्वास्थ्य स्वयंसेविका र विद्यालयका शिक्षकहरूको सहयोगमा उक्त आँखा स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।

यो पनि…
यी हुन् आँखामा आनो आउनुको कारण, कसरी बच्ने ?
आँखामा देखिने समस्याबाट कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

Latest










Popular
Suggested