English

युद्धमा रूसले के-के गुमायो ? [विवरण]



युक्रेन हमलामा रूसले १९ हजार ५ सय रूसी सेना गुमाएको युक्रेनले दाबी गरेको छ । २४ फेब्रुवरीदेखि सुरु भएको हमलामा ठूलो संख्यामा रूसी सेना मारिएको युक्रेनको सेनाले दाबी गरेको छ ।

रूसले ७२५ ट्यांक, १९२३ बख्तरबन्द, १५४ विमान र १३७ हेलिकप्टरहरू गुमाएको सशस्त्र बलका जनरल स्टाफले फेसबुकमा लेखेका छन् । यसअघि अमेरिकी नेतृत्वको सैन्य संगठन नेटोले युक्रेनमा रूसले १५ हजार सैनिक गुमाएको दाबी गरेको थियो ।

त्यस्तै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी हमलामा १७९३ सर्वसाधारण मारिएको र २४३९ जना घाइते भएको बताएका छन् । यसैबीच राष्ट्रपति जेलेन्स्कीले रूसले अर्को आक्रमणका लागि दशौँ हजार सैनिकहरू केन्द्रित गरिरहेको बताएका छन् ।

रूसले अब युक्रेनको पूर्वी क्षेत्रमा आफ्नो आक्रमण केन्द्रित गरिरहेको सैन्य विश्लेषकहरूको भनाइ छ । रूसले पनि युक्रेनका प्रमुख शहरहरूबाट आफ्ना सेना फिर्ता गरेको छ । मुख्य शहरबाट सेना फर्किरहेका बेला त्यहाँ ठूलो संख्यामा सर्वसाधारण मारिएका विवरण सार्वजनिक भएका छन् ।

एक साताअघि बुचा शहरमा पाशविक ढंगले मारिएका सर्वासाधारणहरूको शव सार्वजनिक भएको थियो । तर ती हत्यामा आफ्नो संलग्नता नरहेको रूसी सेनाले दाबी गर्दै आएको छ ।

यो पनि….
युक्रेनलाई हतियार सहयोग गर्दै यी देश

किभ नजिकैको गाउँमा दर्जनौँ शव फेला
युक्रेनले गर्‍यो आफ्ना नागरिकलाई यस्तो आग्रह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

Latest










Popular
Suggested