English

एमालेबाट यी हुन् ललितपुर महानगरको मेयर उम्मेदवार



नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् । शनिबार बसेका नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले आफूलाई सर्वसमत रूपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको व्यञ्जनकारले बताए ।

उनका अनुसार नेकपा एमालेबाट महानगरपालिकाको उपमेयरमा भने २ जनाले दाबी परेको छ । व्यञ्जनकारका अनुसार पार्टी महानगर कमिटिको अध्यक्ष आस्था शाक्य “मञ्जली” र पार्टी प्रदेश कमिटी सदस्य सरस्वती खड्काले उपमेयरको लागि दाबी प्रस्तुत गरेका छन् ।

उनले भने, ‘यो दाबीलाई महानगर कमिटी हुँदै केन्द्रीय कमिटिमा सिफारिस गरिनेछ । त्यसपछि मात्रै उपमेयरको उम्मेदवारी तय हुनेछ ।’ व्यन्जनकार एमालेको केन्द्रीय कमिटी सदस्य तथा ललितपुर जिल्ला सहइन्चार्ज समेत हुन् ।

गत २०७४ को निर्वाचनमा समेत महानगरको मेयरको उम्मेदवार रहेका व्यञ्जनकार काङ्ग्रेसका चिरीबाबु महर्जनसँग ३ अंकको झिनो मतान्तरले पराजित भएका थिए ।

यो पनि…
विकासमा ढिलासुस्ती, आयोजना सुरु भएको ३६ वर्षपछि काम
गठबनन्धबाट बाहिरियो जसपा



सम्बन्धित खबरहरु

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

जेनजी आन्दोलनपछि नेपालको राजनीतिक र सामाजिक संरचना एकैपटक हल्लिएको छ । यो आन्दोलन केवल युवाहरूको भावनात्मक विस्फोट होइन पुराना राजनीतिक

हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको कल्पना गरेको हुन्छ । आम जनतामा उत्साहको लहर ल्याएको हुन्छ

जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। सरकारले

Latest










Popular
Suggested