English

आइपिएल : गुजरातको रोमाञ्चक जित



इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्सले रोमाञ्चक जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । शुक्रबार भएको खेलमा गुजरात टाइटान्सले पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लेको हो ।

मुम्बईमा पन्जाबले जितका लागि दिएको १९० रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारीत २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनायो । गुजरातका लागि सुभमन गिलले अर्धशतकीय पारी खेले । ५९ बल खेलेका उनले ११ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै शाही शुदर्शनले ३५ रन बनाउँदा कप्तान हार्दीक पाड्याले २७ रनको योगदान गरे । अन्तिम ओभरको अन्तिम दुई बलमा १२ रन आवश्यक रहेको अवस्थामा राहुल तेवातीयाले दुई छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । बलिङतर्फ पन्जाबका लागि कगिसो रबाडाले दुई विकेट लिए । त्यस्तै राहुल चहारले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको थियो । पन्जाबका लागि लिमा लिभिङ्स्टोनले अर्धशतकीय पारी खेले । २७ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै शिखर धावनले ३५ रन बनाउँदा जितेर शर्माले २३ रनको योगदान गरे ।

बलिङतर्फ गुजरातका लागि राशिद खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै दर्शन नालकान्डेले दुई विकेट लिए । गुजरातका लागि मोहम्द श्वामी, कप्तान हार्दिक पाड्या र लकी फग्यूसनले एक–एक विकेट लिए । जितसँगै गुजरातले ३ खेलमा ६ अंक जोडेको छ । गुजरात दोस्रो स्थानमा छ । पराजित पन्जाब ४ अंक जोडेर छैटौं स्थानमा छ ।

यो पनि..
सुदूरपश्चिम स्पोर्टस् अवार्ड मनोनयन सार्वजनिक

कीर्गिस्तानको लिग विजेता फरवाटरसँग नेपाली फुटसल टिम पराजित
आयरल्याण्डसँग नेपाल पराजित
भारतीय क्रिकेटर : जो बने रोडदेखि करोडपतिसम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested