English

सेयर बजारमा हरियाली छाउने विश्वास



यो साता नेप्से बजार करिब ८१ अंकले ओरालो लागेको छ । साताको ६ कारोबारको दिनमध्ये पाँच दिन नेप्से परिसूचक घटेको थियो । साताको अन्तिम दिन बिहीबार भने ३५ अंकले बढेर सेयर बजार २४६४ बिन्दुमा आएर बन्द भएको छ ।

यो साता नेप्से आइतबार २५८५ उच्च बिन्दु र बुधबार २४१६ मा झरेको थियो । यो साता इन्डिकेटर आरएसआईमा डाइभर्सन देखिन खोजेको छ । लगातार घटेको बजार बिहीबार ३५ अंकले उकालो लाग्दा आरएसआई २८ बाट ३५ अंकमा अएको छ भने इन्डिकेटर एमए सिडीले भने बिहीबारसम्म बाई सिग्नल दिएको छैन ।

साप्ताहिक बजार हेर्दा होटेल इन्डेक्स भने पहिलाको हप्ताको हाई ३१४० मै बन्द भएको देखिन्छ । होटेल इन्डेक्स यो साता खासै घटेको देखिन्न । अन्य परिसूचक भने यो साता करिब ८३ अंकले घट्दा १९६९ बिन्दुमा आएर बन्द भएको छ ।

एनबी थापा
सेयर बजार विश्लेषक

नेपालको सेयर बजारमा बाहिरी लगानी प्रत्यक्ष छैन, तर यस युद्धले तेस्रो युद्धको रूप लिन सक्छ भन्ने मानसिकता छ, जसले गर्दा लगानी कर्ता सम्पत्ति सञ्चित गरेकाले बजार घटेको हो ।

डेभलप्मेन्ट बैंक इन्डेक्स १४ अंकले, कमर्सियल बैंक इन्डेक्स २९ अंकले घटेको छ । हाइड्रो इन्डेक्स, माइक्रो फाइन्न्स इन्डेक्स भने ३३, ४९ र १०२ अंकले घटेको छ ।

यसरी दिनप्रतिदिन सेयर बजारमा गिरावट आउनुको मुख्य कारण बजारमा तरलता अभाव हुनु रहेको सेयर बजार आधारभूत तथा प्राविधिक विश्लेषक एनबी थापा बताउँछन् । ‘हालको समयमा अर्थ बजारमा तरलता आभव, करेन्सी रिजर्भ अभाव, अर्थतन्त्र धन्न नसकिने परिस्थित छ,’ भन्दै प्रश्न गर्छन्, ‘यस्तो अवस्थामा सेयर बजार कसरी उभो लाग्ला ?’

फागुन र चैत्र महिना व्यापारको अफ सिजन हो । व्यापार व्यवसाय नहुँदा कारोबार हुँदैन र लगानीकर्ता कम हुन्छन् । यसले पनि सेयर बजार ओरालो लाग्ने उनले बताए ।

प्रतिवेदनले ब्याजदर बढ्ने र घट्ने, कम्पनीले दिन सक्ने बोनस इत्यादिको अड्कल गर्न सकिन्छ,यसले अर्थतन्त्रमा सुधार आउँछ र सेयर बजार बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।

रसिया–युक्रेन युद्ध प्रभावको प्रभावित पनि सेयर बजारमा परेको छ । ‘नेपालको सेयर बजारमा बाहिरी लगानी प्रत्यक्ष छैन, तर यस युद्धले तेस्रो युद्धको रूप लिन सक्छ भन्ने मानसिकता छ, जसले गर्दा लगानी कर्ता सम्पत्ति सञ्चित गरेकाले बजार घटेको हो ।’ उनले रसिया–युक्रेन युद्धको असरबारे प्रष्ट पारे ।

तेस्रो त्रैमासिक प्रदिवेदन आउनुअघि अर्थतन्त्रमा उतारचढाब भएर पनि सेयर बजारमा गिरावट आएको उनको अनुभव छ । तेस्रो त्रैमासिक प्रतिवेदन वैशाख पहिलो हप्ता सार्वजनिक हुँदा राम्रा कम्पनी आएमा बजारमा सुधार आउने सम्भावना रहेको आशा व्यक्त गरे । ‘प्रतिवेदनले ब्याजदर बढ्ने र घट्ने, कम्पनीले दिन सक्ने बोनस इत्यादिको अड्कल गर्न सकिन्छ,’ उनले भने, ‘यसले अर्थतन्त्रमा सुधार आउँछ र सेयर बजार बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।’

हालको समयमा कारोबारको सिजन नभएकाले सेयरबजारमा गिरावट देखिएको अनुभवी लगानीकर्ता एसपी पौडेल बताउँछन् । श्रीलंका अर्थतन्त्रको संकटले नेपाली मानसिकतालाई पनि प्रभाव पारेको छ ।

सेयर बजार हल्लाको बजार हो, यसले गर्दा अर्थसम्बन्धी कुनै हल्लाको अपवाह फैलिएमा सीधै बजारमा असर पर्छ । श्रीलंकाको अर्थ सकंट, युक्रेन–रुस युद्धका कारण पनि सेयर बजार ओरालो लागेको हो ।

एसपी पौडेल
लगानीकर्ता

नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुहरूको आयात निरुत्साहनका लागि प्रतितपत्र नखोल्न निर्देशन दिएको थियो । सोही दिनको भोलिपल्ट सेयर बजारमा उच्च गिरावट आएको थियो ।

यसरी बैंकको निर्देशन गर्दा लगानीकर्ता मानसिकता परिवर्तन हुन्छ र लगानी घट्ने भएर सेयर बजार घटेको पौडेल बताउँछन् । ‘सेयर बजार हल्लाको बजार हो, यसले गर्दा अर्थसम्बन्धी कुनै हल्लाको अपवाह फैलिएमा सीधै बजारमा असर पर्छ ।,’ उनले भने, ‘श्रीलंकाको अर्थ सकंट, युक्रेन–रुस युद्धका कारण पनि सेयर बजार ओरालो लागेको हो ।’

सेयर बजारमा फागुन–चैतको लगानी असारमा भित्र्याउने मान्यताले सोहीअनुसार हालको समयमा बजारमा ओरालो लागे पनि वैशाखपछि उकालो लाग्ने विश्लेषकहरूको अनुमान छ ।

यो पनि…
व्यवसायीको स्वार्थले उपभोक्ता जहिल्यै मारमा
नेपाल भित्रियो २८ अर्बको सुन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested