English

टिपीएलको उपाधिका लागि नेपथ्य ज्ञानोदय गोल्ड र जेभी वरियर्स भिड्ने



रुपन्देहीमा जारी सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको बिहीबार भएको सेमिफाइनल खेल नेपथ्य ज्ञानोदय गोल्ड र जेभी वरियर्सले जितेको छ । जितसँगै द्वय टिम फाइनलको यात्रा तय गरेका छन् ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा भइरहेको चौथो संस्करणको खेलमा रोयल शंकरनगरलाई सात विकेटले पराजित गर्दै नेपथ्य ज्ञानोदय गोल्ड र दोस्रो सेमिफाइनल खेलमा जेभी वारियर्स लुम्बिनीले मणिग्रामलाई २३ रनले पराजित गरेको हो ।

पहिलो खेलमा सुरुवाती ब्याटिङ गरेको रोयल शंकरनगरले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ३७ रन मात्र जोड्न सकेको थियो । जसका लागि ओम सारू मगरले १२ रनको योगदान गरे पनि अन्य खेलाडीले रन जोड्न सकेनन् ।

बलिङतर्फ नेपथ्यका जितेन्द्र यादवले ४, विकेट लिए । जबाफी ब्याटिङमा ३८ रनको झिनो लक्ष्य पाएको नेपथ्यले ६ दशमलव ५ ओभरमा ३ विकेटको नोक्सानीमा लक्ष्य पार गरी जित निकाल्यो । जसका लागि विषाद केसीले २२ र विराट भण्डारीले अविजित १५ रन बनाए ।

बलिङतर्फ धिरज शाहीले २ विकेट लिए । पहिलो खेलमा जितेन्द्र यादव म्यानअफ द म्याच भए । यस्तै दोस्रो सेमिफाइनल खेलमा सुरुवाती ब्याटिङ गरेको जेभी वरियर्सले निर्धारित २० ओभर मध्ये १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको थियो ।

जसका लागि वसिर अहमदले ४७, प्रदीप जयसवालले २३ रन बनाए । बलिङतर्फ गौतम केसी र अमरसिहं रौटेलाले ३–३ विकेट लिए । ११८ रनको लक्ष्य पाएको मणिग्राम किंग्सले १८ दशमलव २ ओभरमा सबै विकेट गुमाए पछि लक्ष्य पार गर्न सकेन । ९५ रन मात्रै जोडन सकेको टिमले हार व्योहोर्नु पर्‍यो ।

दोस्रो खेलमा वसिर अहमद म्यानअफ द म्याच भए । शुक्रबार फाइनल खेल बिहान ११ बजे नेपथ्य ज्ञानोदय गोल्ड र जेभी वरियर्स लुम्बिनीबीच हुने समितिका अध्यक्ष दीपक शर्मा भुर्तेलले जानकारी दिए । यस क्षेत्रकै सर्वाधिक राशिको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

यो पनि…
आइपिएल : मुम्बईलाई हराउँदै कोलकत्ता शीर्ष स्थानमा

लगातार दुईपटक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र एक्कासि किन चुक्यो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested