English

वीकेन्ड मनाउन पृथ्वीमा आउन थाले एलियन्स



एलियन्स बारे हरेक दिन नयाँ कुराहरू आइरहेका छन् । संसारभरका धेरै मानिसहरूले एलियन र यूएफओहरू देखेको दाबी गर्छन् । एलियन्सको बारेमा थाहा पाउँदा अचम्म लाग्छ । के ब्रह्माण्डमा एलियनहरू छन् ? यसबारे वैज्ञानिकहरूले वर्षौँदेखि अनुसन्धान गरिरहेका छन् तर अहिलेसम्म कुनै सफलता भने पाउन सकेको छैनन् ।

एक अनुसन्धानबाट अनौठा कुरा बाहिरिएको छ । यस अनुसन्धानमा केही वर्षयता बेलायतले आकाशमा सबैभन्दा धेरै युएफओ देखेको बताएको छ । संयोग के छ भने युएफओ देखिएको अधिकांश घटना शनिवार भएका छन् । पछिल्लो समय यो पनि भनिएको छ कि एलियन्सले बेलायतलाई सबैभन्दा बढी मन पार्छन् र उनीहरु वीकेन्डमा रमाइलो गर्न आउँछन् ।

सन् २०२१ मा ४१३ पटक यूएफओहरू देखिएका थिए । यो घटना अधिकांश उत्तर–पश्चिम वा योर्क शायरमा भएको छ । शनिवार राति ९ देखि १० बजेको बीचमा यहाँ सबैभन्दा धेरै यूएफओका दृश्य देखिएको छ ।

अनुसन्धानकर्ताहरूले जनवरी २०२१ मा असामान्य घटना भएको बताएका छन् । उनीहरूले वेल्स सिमाना नजिक पश्चिमी इङ्गल्यान्डका चार सहरमा १८ घण्टाभित्र चारवटा त्रिभुज यूएफओ देखेको बताए ।

बेलायतमा सबैभन्दा धेरै देखिए यूएफओ पछिल्ला केही वर्षहरूमा मानिसहरूले बेलायतका विभिन्न क्षेत्रमा यूएफओ देखेका छन् ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested