English

वीकेन्ड मनाउन पृथ्वीमा आउन थाले एलियन्स



एलियन्स बारे हरेक दिन नयाँ कुराहरू आइरहेका छन् । संसारभरका धेरै मानिसहरूले एलियन र यूएफओहरू देखेको दाबी गर्छन् । एलियन्सको बारेमा थाहा पाउँदा अचम्म लाग्छ । के ब्रह्माण्डमा एलियनहरू छन् ? यसबारे वैज्ञानिकहरूले वर्षौँदेखि अनुसन्धान गरिरहेका छन् तर अहिलेसम्म कुनै सफलता भने पाउन सकेको छैनन् ।

एक अनुसन्धानबाट अनौठा कुरा बाहिरिएको छ । यस अनुसन्धानमा केही वर्षयता बेलायतले आकाशमा सबैभन्दा धेरै युएफओ देखेको बताएको छ । संयोग के छ भने युएफओ देखिएको अधिकांश घटना शनिवार भएका छन् । पछिल्लो समय यो पनि भनिएको छ कि एलियन्सले बेलायतलाई सबैभन्दा बढी मन पार्छन् र उनीहरु वीकेन्डमा रमाइलो गर्न आउँछन् ।

सन् २०२१ मा ४१३ पटक यूएफओहरू देखिएका थिए । यो घटना अधिकांश उत्तर–पश्चिम वा योर्क शायरमा भएको छ । शनिवार राति ९ देखि १० बजेको बीचमा यहाँ सबैभन्दा धेरै यूएफओका दृश्य देखिएको छ ।

अनुसन्धानकर्ताहरूले जनवरी २०२१ मा असामान्य घटना भएको बताएका छन् । उनीहरूले वेल्स सिमाना नजिक पश्चिमी इङ्गल्यान्डका चार सहरमा १८ घण्टाभित्र चारवटा त्रिभुज यूएफओ देखेको बताए ।

बेलायतमा सबैभन्दा धेरै देखिए यूएफओ पछिल्ला केही वर्षहरूमा मानिसहरूले बेलायतका विभिन्न क्षेत्रमा यूएफओ देखेका छन् ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

Latest










Popular
Suggested