English

बन्दीलाई गोली हानिएको भिडियोबारे के भन्छ युक्रेन ?



युक्रेनी सैनिकहरूले रूसी युद्धबन्दीहरूलाई खुट्टामा गोली हानेको भनिएको भिडियो फुटेजको युक्रेनी अधिकारीहरूले अनुसन्धान गरिरहेका बताएका छन् । आइतबार बिहान पहिलो पटक सार्वजनिक भएपछि सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यसलाई विभिन्न प्लेटफर्महरूमा रूसी समर्थकले पुनः पोस्ट गरेका छन् । रूसी कैदीहरूलाई युक्रेनले गरेको व्यवहारलाई बदनाम गर्न रूसले ‘नाटकीय भिडियोहरू बनाएर वितरण गरिरहेको’ युक्रेनी सशस्त्र बलका कमाण्डर–इन–चीफ भालेरी जालुज्नीले दाबी गरेका छन् ।

तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी एरेस्टोभिचले त्यसबारे तत्काल अनुसन्धान हुने बताएका छन् । उनले भने, ‘म हाम्रा सबै सेना, नागरिक र रक्षा बलहरूलाई सम्झाउन चाहन्छु कि युद्ध बन्दीहरूलाई दुर्व्यवहार गर्नु युद्ध अपराध हो । ’ युक्रेनमा राष्टसंघको मानव अधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले भिडियोको छानबिन गरिने बताइन् ।

के छ भिडियोमा ?
भिडियोमा कब्जा गरिएका सिपाहीहरू जमिनमा देखिन्छन् । उनीहरूमध्ये धेरैको टाउकोमा झोला छ र घाइते खुट्टाबाट रगत बगिरहेको देखिन्छ । उनीहरू कहिले र कसरी घाइते भए भन्ने प्रष्ट छैन ।

भिडियोको एउटा अंशमा तीन जना मानिसलाई गाडीबाट बाहिर ल्याइन्छ र एक सिपाहीले हतियारले खुट्टामा गोली हानेको देखिन्छ ।

यो पनि…
युद्ध अन्त्यको विषयमा रूसी राष्ट्रपति पुटिन के भन्छन् ?
शारीरिक, मानसिक र भावनात्मक रूपमा थकित छन् युक्रेनी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested