English

ढाड दुखाइबाट छुटकारा पाउने यस्ता छन् उपाय



कोरोना महामारी आएदेखि यो खतरनाक भाइरसको संक्रमणबाट बच्न अधिकांश कार्यालयले घरबाटै काम गर्ने (वर्क फ्रम होम) को व्यवस्था गरे ।

घरबाट काम गर्दा संक्रमणको जोखिम त कम भयो । तर यसले मानिसको शारीरिक गतिविधि घटेको छ । कसरत कम हुन थालेको छ, हिँडडुल एकदमै कम भएको छ ।

दिनभर कम्प्युटर, ल्यापटप अगाडि बसेर काम गर्नुपर्छ । जसले गर्दा ढाड काँधमा दुख्ने समस्याले धेरैलाई सताउन थालेको छ । अधिकांश मानिसहरू ढाड दुख्ने समस्या लिएर चिकित्सककहाँ पुग्छन् ।

तर केही कुराको ख्याल राखे ढाड र ढाड दुख्ने समस्यालाई सजिलै हटाउन सकिन्छ । केही सजिलो घरेलु उपाय अपनाएर ढाड दुख्ने समस्यालाई कम गर्न सकिन्छ ।

घरेलु उपाय
-लगातार बसेर काम गर्दा ढाड दुख्न थाल्छ भने बीचमा पाँच मिनेट ब्रेक लिनुपर्छ । शरीरका मांसपेशीहरूलाई पनि आराम चाहिन्छ । उभिने र पछाडि झुक्ने जस्ता व्यायाम गर्नुहोस् । यसले स्ट्रेचिङ एक्सरसाइजले पनि दुखाइ कम गर्छ, मांसपेसी आराम दिन्छ ।

-काम सकिएपछि राति सुत्नुअघि तोरीको तेलले कम्मर र ढाडमा मालिस गर्नुहोस् । तोरीको तेलमा एउटा लसुन मिसाएर तताएर यस तेलले शरीरमा मालिस गर्नुहोस् । तपाईंको दुखाइ कम हुनेछ, मांसपेसी आराम हुनेछ र राम्ररी निद्रा पनि लाग्नेछ ।

-शरीरको दुखाइबाट राहत पाउनको लागि सबैभन्दा सजिलो घरेलु उपाय भनेको बेसार र दूध सेवन गर्नु हो । बेसार दूध पिउनाले रुघाखोकी र इन्फेक्सनमा मात्र राहत मिल्दैन, यसले मांसपेशीलाई पनि आराम दिन्छ ।

-ढाड दुख्ने समस्या भए पनि राति सुत्नुअघि एक गिलास मनतातो दूधमा एक चम्चा बेसार मिसाएर पिउनुहोस् । बेसारमा पाइने एन्टिसेप्टिक, एन्टिब्याक्टेरियल तत्त्वले दुखाइ कम गर्दछ । यसमा पाइने कर्क्युमिन तत्त्वले धेरै समस्यालाई हटाउँछ ।

-ढाड दुख्ने समस्या छ भने अदुवाको सानो टुक्रा चपाउनुपर्छ । अदुवाले शरीरको दुखाइ कम गर्छ । अदुवाको चिया वा अदुवाको रस पिउनाले पनि दुखाइमा आराम मिल्छ ।

-लगातार बस्ने, एकै ठाउँमा बसेर लगातार काम र शारीरिक गतिविधिको कमीले वजन बढ्छ । धेरै तौल पनि ढाड दुख्ने कारण हुन सक्छ । यस्तो अवस्थामा तौल नियन्त्रणमा राख्न स्वस्थ आहार खानुहोस् ।

यो पनि…
हरेक दिन तातो पानी पिउनुहोस्, यी फाइदा हुन्छन्

बिहानको यी बानीले दिनभर ताजा राख्छ
यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested